मोरङमा २ वटा बस ठोक्कियो, घाइते ३० मध्ये २ जनाको अवस्था गम्भीर

मोरङमा २ वटा बस ठोक्कियो, घाइते ३० मध्ये २ जनाको अवस्था गम्भीर

विराटनगर : पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका-४ र ५ को सिमानास्थित दुलारीमा २ वटा यात्रुवाहक बस ठोक्किएर दुर्घटना भएको छ। 

बिहीबार बिहान भएको दुर्घटनामा ३० जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। अरु सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। 

घाइते हुनेमा अधिकांश महिला छन्। वृद्धवृद्धा पनि घाइते भएका छन्। उनीहरूको विराटनगर र इटहरीका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ। 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को१ख ७२१६ र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ख २६२८ नम्बरको बस बिहान १०:२० बजेतिर ठोक्किएर दुर्घटना भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए। उनका अनुसार दुबै बसमा सवार यात्रुहरू घाइते भएका छन्। 

लम्सालले ७२१६ नम्बरको बसका चालक पनि घाइते भएको जानकारी दिए। दुर्घटनामा परेर क्षतिग्रस्त बनेका दुवै बस प्रहरीको नियन्त्रणमा छन्। 

२६२८ नम्बरको बसका चालक झापाको भद्रपुर नगरपालिका-१ का अन्दाजी ३५ वर्षीय रेवती श्रेष्ठ फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। दुवै बसको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.