तस्करीको आशंकामा कपडा बरामद

तस्करीको आशंकामा कपडा बरामद

विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिका-१० विराट चोकस्थित हरैंचा मोडबाट कपडा बोकेको एउटा मारुती भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भन्सार छली गरेर भारतीय कपडा नेपाल भित्र्एको आशंका प्रहरीको छ। मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले तस्करीको कपडा ओसारपसार गरिरहेको आशंकामा झापाबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४७५ नम्बरको मारुती भ्यानलाई नियन्त्रणमा लिइएको बताए। प्रहरीले भनेका चालक झापाको भद्रपुर नगरपालिका–५ का २७ वर्षीय लक्ष्मण चौधरीलाई पक्राउसमेत गरेको छ।


डीएसपी जोशीका अनुसार भ्यानमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा कपडा बरामद भएको हो। भ्यानबाट ५ सय ६६ पिस पर्दा, १ सय ९० पिस तन्ना, ६५ पिस तकिया, ९६ पिस रुवियासमेत गरेर ५ लाख मूल्य बराबरको कपडा बरामद भएको उनले बताए।

‘भन्सार छली गरेर तस्करीको कपडा ल्याएको आशंकामा भ्यानसहित चालकलाई नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ।’ भ्यान चालकले कपडाको बिल देखाए पनि त्यो शंकास्पद रहेको प्रहरीको भनाइ छ।

इलाका प्रहरी कार्यालय विराट चोकका सई सानुराम कार्की नेतृत्वको टोलीले बुधबार दिउँसो भ्यानलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। कपडा भारतीयजस्तो देखिएपछि चालकसमेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो। ‘चालकले बिल देखाए। तर, त्यो नक्कलीजस्तो छ,’ प्रहरी स्रोतले भन्यो, ‘कपडा भारतीय ब्रान्डका हुन्। तस्करी गरेर नेपाल भित्र्याएको हुन सक्ने देखिन्छ।’


यस विषयमा थप अनुसन्धान राजस्व अनुसन्धान कार्यालयले गर्नेछ। राजस्वले अनुसन्धान गरेपछि कपडा तस्करीको हो कि हैन भनेर यकिन हुने प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.