दिक्तेल-गाईघाट सडक सञ्चालन गर्न नयाँ ट्रयाक खोलिने

दिक्तेल-गाईघाट सडक सञ्चालन गर्न नयाँ ट्रयाक खोलिने

धरान : सुनकोशीको फोक्सिङटारस्थित पक्की पुल बाढीले बगाएर खोटाङ सदरमुकाम दिक्तेलदेखि उदयपुरको सदरमुकाम गाईघाटसम्म सिधा सम्पर्क टुटेपछि तत्काल नयाँ ट्रयाक खोलेर यातायातका साधन सञ्चालनमा ल्याउने तयारी गरिएको छ। 

सुनकोशीको बाढीले फोक्सिङटारको पुल बगाएपछि कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले निरीक्षण गरेका छन्। 
खोटाङ र उदयपुर जिल्लाको बीचमा रहेको फोक्सिङटार पुल बाढीले बगाएपश्चात कोशी प्रदेशको राजधानी आउने छोटो दूरीका यातायातका साधन सञ्चालन पूर्ण रूपमा बन्द छन्। 

फोक्सिङटारको पुलसँगै बग्यो खोटाङ वासीको खुसी शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिक र अन्नपूर्ण पोस्ट डटकमले समाचार प्रकाशित गरेपछि खोटाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका मन्त्री राईले दिक्तेल-गाईघाट आयोजनाका इन्जिनियर सहितको टोली लिएर फोक्सिङटार पुगेका थिए। 

मन्त्री राईले खोटाङवासीको सुविधाका लागि फोक्सिङटारदेखि रसुवाघाटसम्म नयाँ सडकको करिब २ किलोमिटर ट्रयाक खोलेर तत्काल यातायातका साधन सञ्चालन गर्ने बताए। उदयपुर तर्फबाट रसुवाघाटसम्म नयाँ सडकको ट्रयाक खोलेपछि खोटाङ तर्फ बाढीले बिगारेको बाटो पुन निर्माण गरी यातायातका साधन सञ्चालन गरिने मन्त्री राईले बताए। 

रसुवाघाटसम्म सडकको नयाँ ट्रयाक खोल्दा खोटाङबाट उदयपुर हुँदै धरान विराटनगर आउने सर्वसाधारण रसुवाघाटको सुनकोसीको झोलुङ्गे पुल तरेर उदयपुरतर्फ आएर यात्रुबस परिवर्तन गरी यात्रा गर्न पाउने छन्। 

रसुवाघाटसम्म सडकको ट्रयाक खोलिए झोलुङ्गे पुलबाट मोटरसाइकल, स्कुटरमा यात्रा गर्न सहज हुने उदयपुरको रौतामाइ गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्र थापाले बताए। उनले कोशी प्रदेश सरकारसँगको सहकार्यमा तत्काल खोटाङ-गाईघाटसम्म अवरुद्ध भएको यातायात सञ्चालन गरी सर्वसाधारणलाई सुविधा प्रदान गरिने बताए।
 
मन्त्री राईले बर्सात रोकिने बित्तिकै फोक्सिङटारमा बेलिब्रिज जडान गरी खोटाङ-गाईघाट सिधा यातायातका साधन सञ्चालन गरिने पनि जानकारी दिए।  उनले बेलिब्रिज जडानका लागि संघीय सरकारसँग पनि आवश्यक सहयोग मागिएको उनले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.