अन्नपूर्ण मिडिया नेटवर्कले मनायो 'एएमएन डे', पत्रकार र कर्मचारी सम्मानित

अन्नपूर्ण मिडिया नेटवर्कले मनायो 'एएमएन डे', पत्रकार र कर्मचारी सम्मानित
तस्बिर : सुनिता डंगोल

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले घटस्थापनाको अवसरमा 'एएमएन डे' मनाएको छ। तिनकुनेमा आयोजित समारोहमा बिहीबार अन्नपूर्णकर्मीहरू सम्मानितसमेत भएका छन्।

अन्नपूर्ण मिडिया नेटवर्कले 'चेयरमेन एक्सीलेन्स अवार्ड'सहित विभिन्न विभागका कर्मचारीहरूलाई सम्मान गरेको हो। समारोहमा चेयरमेन एक्सेलेन्सी अवार्डबाट अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टराई सम्मानित भए। अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र महाप्रबन्धक मनोज बस्नेतले भट्टराईलाई सम्मानपत्र र नगद प्रदान गरे।

त्यस्तै अन्नपूर्णपोस्ट् डटकमकी मीना कुमारी सिंह, अन्नपूर्ण दैनिकका दिनेश गौतम, अन्नपूर्ण दैनिकका बुटवल संबाददाता केशरराज क्षेत्री सम्मानित भए। त्यस्तै अन्नपूर्ण एक्सप्रेसका प्रतिक घिमिरे र रेडियो अन्नपूर्णका भिभोर अधिकारी सम्मानित भए।

त्यस्तै मार्केटिङ विभागका सिनियर मार्केटिङ म्यानेजर विनोद कोइराला, सर्कुलेशन विभागका विनोद पुन सम्मानित भएका हुन्। त्यस्तै मानव संशाधन र प्रशासन विभागका विकेश शाक्य, फाइनान्स विभागबाट रुपक घिमिरे, कार्यालय सहयोगीबाट जेके देउला र संस्कृतिविद् तेजेश्वर बाबु गोङलाई प्रोत्साहन सम्मानबाट सम्मानित गरिएको थियो। उनीहरूलाई अध्यक्ष क्याप्टेन थापा र महाप्रबन्धन बस्नेतले नगद र सम्मानपत्र प्रदान गरे।

त्यस्तै अन्नपूर्ण मिडिया नेटवर्कले मिडिया एजेन्सीहरूलाई पनि सम्मान गरेको छ। सम्मानित हुनेमा जोइन मिडिया हाउसका प्रबन्ध निर्देशक राजन बाबु श्रेष्ठ, फ्युचर हब मिडिया मल्टिप्रपोजका प्रबन्ध निर्देशक अशोक घिमिरे, रेन्बो मिडियाका प्रबन्ध निर्देशक देवराज गुरुङ, इम्प्रेसन क्रियटिभ डीजाइनका प्रबन्ध निर्देशक राजु ढुंगेल, काइट एडभरटाइजिङ एजेन्सीका सञ्जिव पोखरेल र तोरन कर्माचार्य, कारोवार मिडियाका सुजन बगाले, म्याक्स मिडियाका प्रबन्ध निर्देशक सबिन शाक्य, आउटरिच नेपालका उमा खनाल र सुजित सिंह र मिडिया सेन्सका सिइओ शिव न्यौपाने सम्मानित भएका हुन्।

उनीहरूलाई अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन थापा र महाप्रबन्धक बस्नेतले सम्मानपत्र प्रदान गरेका थिए। 

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.