लागुऔषधसहित ३ जना पक्राउ

लागुऔषधसहित ३ जना पक्राउ

धरान : सुनसरीको विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। धरान उपमहानगरपालिका-८ स्थित तिनकुने चेकपोस्टबाट प्रतिबन्धित लागूऔषधसहित २ जना र बर्जु गाउँपालिका-५ बाट गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी सुम्क्नकुमार तिम्सिनाले बताए। 

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-८ तीनकुनेमा काँकरभिट्टाबाट धरान आउँदै गरेको प्रदेश १-०१-००१ ख ४१९५ नम्बरको बसको सिटमुनी झोला भित्र लुकाइराखेको प्रतिबन्धित लागूऔषध ट्रमाडोल ४ हजार ७ सय ५० क्यापसुल बरामद गरिएको एसपी तिम्सिनाले जानकारी दिए। उनले लागूऔषध ओसारपसारमा संलग्न धरान-५ का २२ वर्षीय युवराज लिम्बु र १८ वर्षीय रोहित राईलाई समेत नियन्त्रणमा लिएको बताए।

यसै गरी विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले बर्जु गाउँपालिका-५ बाट २५ किलोग्राम गाँजासहित देवानगन्ज गाउँपालिका-१ का १८ वर्षीय ललन मेहतालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राम तिमल्सिनाले बताए। 

उनले दुहबी नगरपालिका-७ बाट १७ किलोग्राम गाँजा सहित को २८ प ५८३५ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको बताए। लागूऔषधसहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.