नाबालिका २ छोरीको हत्या गर्ने आमालाई थुनामा पठाउन अदालतको आदेश

नाबालिका २ छोरीको हत्या गर्ने आमालाई थुनामा पठाउन अदालतको आदेश

विराटनगर : मोरङमा विष खुवाएर नाबालिका २ छोरीको हत्या गरिएको घटनामा संलग्न आमालाई जिल्ला अदालत मोरङले थुनामा पठाउन आदेश दिएको छ। 

न्यायाधीश पारसमणि पोखरेलको इजलासले २१ वर्षीया २१ वर्षीया अस्मिता पौडेल (कार्की)लाई पुर्पक्षका लागि थुनामा पठाउन मंगलबार आदेश दिएको हो। तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी अस्मितालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए। 

इजलासको आदेशपछि अस्मितालाई मंगलबार कारागार चलान गरिएको जानकारी बुढाथोकीले दिए। विष खुवाएर नाबालिका २ छोरीको हत्या गरेपछि फरार भएकी अस्मिता ५ दिनपछि अर्थात भदौ १९ गते बिहान पक्राउ परेकी थिइन्। झापाको बिर्तामोड नगरपालिका–५ पूर्व–पश्चिम लोकमार्गनजिक एभरेष्ट बैंक अगाडिबाट उनलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार शारीरिक अवस्था एकदमै नाजुक रहेको र सडकमा भौतारिएर हिँडिरहेको विक्षिप्त अवस्थामा अस्मिता भेटिएकी थिइन्। 

प्रहरीले उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अनुसन्धान गरेको थियो। अनुसन्धान सकेर प्रहरीले मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि सरकारी वकिल कार्यालय मोरङले अभियोगपत्र तयार पार्दै अस्मिताविरुद्ध अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको हो। उक्त मुद्दामा कानुन व्यवसायीबीच थुनछेक बहस भएर अदालतले उनलाई कारागार चलानको आदेश गरेको हो। 

प्रहरीका अनुसार निर्माणाधीन घरमा पानी नलगाएको विषयलाई लिएर पति ३१ वर्षीय अर्जुन कार्कीसँग विवाद भएपछि छोरीहरु १ वर्षीया आइङ्का र ३ वर्षीया अर्पणा कार्कीलाई लिएर अस्मिता भदौ १४ गते साँझ हिँडेकी थिइन्। दुवै नाबालिकाहरु भोलिपल्ट अर्थात भदौ १५ गते दिउँसो सुन्दरहरैँचा–७ का नारायण न्यौपानेको केरा बगानमा मृत फेला परेका थिए। 

नानीहरुको शव फेला परेको स्थानमा कीटनाशक औषधिको बट्टासमेत भेटिएको थियो। अस्मिताले विष खुवाएर नाबालिका छोरीहरुको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। पतिले दिएको ‘टर्चर’ सहन नसकेपछि नानीहरुलाई लिएर हिँडेको केहीबेरमा आफूले विष खाएको र उनीहरुलाई पनि खुवाएको अस्मिताले बताएकी थिइन्। 

मोरङ प्रहरीले गरेको पत्रकार सम्मेलनमा उनले भनेकी थिइन्, ‘पतिले दिएको तनाव सहन नसकेपछि दुवै छोरीलाई लिएर हिँडे। विष पनि लगेकी थिएँ। छोरीहरुलाई मात्रै छाडेर एक्लै मर्न मन लागेन। सुरुमा मैले खाएँ। छाती पोल्न थालेपछि अब चैं मर्छु होला भनेर छोरीहरुलाई समेत खुवाएँ। उनीहरु मरे। तर, म चैं मरिन।’

सुरुमा अस्मितालाई मानसिक समस्या रहेको हुनसक्ने अनुमान गरिएको थियो। तर, अनुसन्धानबाट त्यस्तो समस्या नरहेको खुल्यो। स्वास्थ्य परीक्षण गराउँदा उनले विष सेवन गरेको वा नगरेको भनेर पनि यकिन भएन। 

‘कसैले विष सेवन गर्दा त्यसको असर ७२ घण्टा (३ दिन)भित्रमा देखिँदो रहेछ। तर, अस्मिता फेला पर्दा ५ दिन बितिसकेको थियो,’ मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले भने, ‘अस्पताल लगेर परीक्षण गराउँदा विष सेवन गरेको वा नगरेको भनेर छुट्टिएन। शरीरमा विषको असर पनि देखिएन।’ पतिसँग रिस उठ्दा विष खुवाएर छोरीहरुको हत्या गरेको अनुसन्धानबाट पत्ता लागेको एसपी कार्कीले बताए। 

प्रहरीका अनुसार धनकुटाको पाख्रिबास नगरपालिका–५ घर भएका अर्जुन र संखुवासभाको मुढेशनिश्चरे माइती भएकी अस्मिताले २०७५ साल फागुन ९ गते भागेर बिहे गरेका थिए। पत्नी र २ नाबालिका छोरीसहित अर्जुन गत वैशाखदेखि मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा बस्दै आएका थिए। नजिकै नयाँ घर पनि बनाउँदै थिए। नयाँ घरमा पानी लगाउने विषयमा पति–पत्नीबीच विवाद भएको र त्यसपछि घर छाडेकी अस्मिताले विष खुवाएर नाबालिका छोरीहरुको हत्या गरेको अनुसन्धानबाट यकिन भएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.