दलित र ब्राह्मणले एकै स्थानमा राखे जमरा

दलित र ब्राह्मणले एकै स्थानमा राखे जमरा

नुवाकोट : नुवाकोटको ऐतिहासिक बेलकोटगढीमा यस वर्ष बडादसैंका लागि दलित र ब्राह्मण समुदायको जमरा एकैस्थानमा राखिएको छ। सदियौंदेखिको दलित र ब्राह्मण समुदायको पानी नचल्ने परम्परा तोड्दै बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवती मन्दिरमा घटस्थापनाको दिन जमरा राखिएको हो।  

बिहीबार साइतमा सामूहिक जमरा राख्ने परम्परालाई स्थानीय ब्राह्मण, क्षेत्री, नेवार, मगर, घर्ती, जनजाति तथा दलित समुदायका मिजार, विक, दमाई, नेपालीका परिवारले निरन्तरता दिएका हुन्।

नेपाल एकीकरणको नुवाकोटबाटै सुरुवात गरेका पृथ्वीनारायण शाहको पालादेखि बेलकोटगढीमा रहेको निरञ्जना भगवतीको मन्दिरमा सामूहिक जमरा राख्ने परम्परालाई यस पटक बेलकोट र आसपासका दुई सय ४५ घरधुरीका ब्राह्मण, क्षेत्री र दलित समुदायका परिवारले एकै स्थानमा जमरा राखेको स्थानीय निरन्जना भगवती मन्दिरका मुल पुरोहित नरनाथ पौडेलले बताए। ३३ वर्षदेखि मूल पुरोहितको रूपमा रहेका पौडेलका अनुसार सो मन्दिरमा दुई सय ४२ वर्ष भन्दा लामो समयदेखि सामूहिक रुपमा जमरा राखिँदै आएको छ।

निरन्जना भगवतीको मन्दिरमा सामूहिक जमरा राख्न तथा पूजा सञ्चालन गर्न बेलकोटगढी नपाले यस वर्ष रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। सो नपाले बडादसैंका लागि निरन्जनामा पुजा सञ्चालनका लागि यस वर्ष तीन लाख ५० हजार, गत २०८० सालमा तीन लाख, २०७९ सालमा तीन लाख, २०७८ सालमा दुई लाख, २०७७ सालमा दुई लाख, २०७६ सालमा दुई लाख, २०७५ सालमा एक लाख ४० हजार र २०७४ सालमा एक लाख २० हजार रुपैयाँ उपलब्ध गराएको थियो।

सामूहिक रुपमा जमरा राख्ने कार्यले स्थानीय समुदायबीच नमूनाको अभियान भइरहेको पूजा समितिका सदस्य किशोर वलीको भनाइ छ। उनका अनुसार स्थानीयवासीको माग अनुसार बेलकोटगढी र निरन्जना भगवतीको मन्दिर पुनर्निर्माण भएको छ।

बेलकोटगढी ऐतिहासिक स्थल र धार्मिक पर्यटनको केन्द्रसमेत भएका कारण सोही स्थानको नामबाट बेलकोटगढी नपाको नामकरण भएका कारण यसको संरक्षण, विस्तार तथा पहिचानको संरक्षणका लागि आफूहरू क्रियाशील रहेकोले जमरा राख्ने कार्यमा सहभागी भएको मेयर जगतबहादुर गुरुङले बताए।

घटस्थापनाको दिनदेखि मन्दिरमा सामूहिक रूपमा राखिएको जमराले गाउँमा छुवाछूतको प्रथा विरुद्ध राम्रो नमूनायुक्त सन्देश दिएको निरन्जना भगवती मन्दिर तथा गढी संरक्षण समितिका अध्यक्ष डिलबहादुर मानन्धरले बताए। मन्दिरको गुठी जग्गाबाट कुतवाली उठ्न छाडेकाले परम्परा धान्न कठिनाइ पर्दै आएको मन्दिरका मूल पुरोहित नरनाथ पौडेलले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.