भद्रपुर रनमा पुरुषतर्फ टुडु र महिलातर्फ राई प्रथम

भद्रपुर रनमा पुरुषतर्फ टुडु र महिलातर्फ राई प्रथम

झापा : दोस्रो भद्रपुर रन (खुला म्याराथन) प्रतियोगितामा पुरुषतर्फ हप्ना टुडु र महिलातर्फ बिन्दा राई प्रथम भएका छन्। 

भद्रपुर ८ नम्बर वडा कार्यालयले बडादशैंको अवसर पारी आज घटस्थापनाका दिन आयोजना गरेको म्याराथन प्रतियोगितामा पुरुषतर्फ भद्रपुर–४का टुडुले ८.५ किलोमिटर दौड २६ मिनेटमा र भद्रपुर–२ की राईले ६ किलोमिटर दौड २६ मिनेट ३ सेकेन्टमा पूरा गरेका थिए। उनीहरूले नगद ३१ हजारसहित प्रमाणपत्र पाएका छन्। त्यस्तै पुरुषतर्फ दोस्रो सुनिराम हेमरम, तेस्रो इन्द्र मगर, चौथो अंकित राई, पाँचौ विवेक लिम्बु, छैटौं अविक राई, सातौं शिव हेमरम, आठौं नरेश खड्का, नवौं सुरेश गुरुङ र दशौं दिलकुमार राजवंशी भएका छन्। 

महिलातर्फ दोस्रो रक्षा मर्डी, तेस्रो रिता र्मुर्मु, चौथो आकृति लिम्बु, पाँचौ एलिना टुडु, छैटौं सुजना तामाङ, सातौं झरना श्रेष्ठ, आठौं नुमा लिम्बु, नवौं ऋतु लिम्बु र दशौं आशा राई भएकी छिन्। उनीहरूलाई क्रमशः २१ हजार,  ११ हजार, ५ हजार, २ हजार र छैटौँदेखि देखि १० औसम्मलाई नगद एक हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। 

विजेता खेलाडीहरूलाई कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशी, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, भद्रपुर झापा गोल्डकपमा अध्यक्ष दीपेश ढकाल, चर्चित प्रेणादायक वक्ता दार्जिलिङका धावक प्रिमियुस भुटिया, ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा (मनोज), भद्रपुर नगरपालिका प्रमुख प्रकाशकीय अधिकृत सुनिल निरौला लगायतका पुरस्कार दाताहरूले पुरस्कार प्रदान गरेका थिए। 

प्रतियोगितामा महिलातर्फ ६ किलोमिटर र पुरुषतर्फ ८.५ किलोमिटर रुट तय गरिएको थियो। सगरमाथा चौकबाट सुरु हुने दौड क्याम्पस मोड, एसपी मोड हुँदै रजत जयन्ती चोक, जिल्ला कारागार, घोडामारा, गणेश मन्दिर चोक, जनता चोक, संगम चोक भएर सगरमाथा चोकमा आएर समापन भएको थियो। प्रतियोगितामा यसवर्ष भद्रपुरभन्दा बाहिरका खेलाडीलाई पुरस्कार नदिने व्यवस्था गरिएको थियो। 

पुरुषतर्फको दौडमा नेपाली सेनाका उदिप राई प्रथम भएका थिए। भद्रपुरका स्थानीय नहुँदा उनले पुरस्कार पाएनन्। तर, उनलाई भद्रपुर ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले ५ हजार पुरस्कार प्रदान गरेका थिए। अब प्रत्येक वर्ष भद्रपुर रनलाई निरन्तरता दिने आयोजक समितिका संयोजक तथा वडा अध्यक्ष सुब्बाले उद्घोष गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.