अवैध सामग्री बिक्री गर्नेलाई जरिवाना, अखाद्य वस्तु जफत

अवैध सामग्री बिक्री गर्नेलाई जरिवाना, अखाद्य वस्तु जफत

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजारमा बिनाबिल र कम तौल भएको सामग्री गाडीबाट बेच्दै हिँडेको एक व्यवसायीलाई जरिवाना गरिएको छ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघलाई स्थानीय व्यवसायीले गुनासो गरेपछि संघको सक्रियतामा व्यवसायीलाई कारबाही गरिएको हो। व्यवसायीबाट १५ हजार रुपैयाँ जरिबाना असुल गरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जनाएको छ। पटकपटक कानुनी प्रक्रिया पूरा गरेर मात्र सामान बेचबिखन गर्न आग्रह गर्दासमेत बजार अनुगमन समितिको अवज्ञा गर्दै आएकाले जरिवाना गरिएका जिल्ला बजार अनुगमन समितिका सदस्य सचिव उद्योग तथा वाणिज्य कार्यालयका उद्योग अधिकृत विश्वनाथ काफ्लेले बताए। 

ती व्यवसायीले हरेक सिजनमा गैरकानुनी रूपमा फरक–फरक सामानहरू बेचबिखन गर्ने गरेको वाणिज्य संघले जनाएको छ। उनलाई कारबाही गर्न बजार अनुगमन समितिमा रहेका उद्योग तथा वाणिज्य कार्यालय, चौतारा साँगाचोकगढी नगरपालिकाका, उद्योग वाणिज्य संघ, नेपाल उपभोक्ता अधिकार मञ्च, नेपाल प्रहरी र स्थानीय व्यवसायी सहभागी थिए। 

चौतारा बजारमा फुटपाथमा सामान बेच्नेहरूलाई पनि आगामी दिनमा दर्ता गरेर सटर लिएर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको चौतारा साँगाचोकगढी नगरपालिका– ५ का वडाध्यक्ष शिव श्रेष्ठले बताए। उनले बजारमा चाडबाडमा चहलपहल बढेको हुँदा सवारी पार्किङमा एकद्वार मात्र लागु गर्न र फुटपाथमा अवरोध नपु¥याउन आग्रह गरेका छन्।

त्यस्तै, चौतारा नगरपालिकाले गरेको छड्के अनुगमनमा म्याद गुज्रिएको सामग्रीहरू फेला पारेका छन्। चौतारा बजारमा गरिएको अनुगमनको क्रममा म्याद गुज्रिएको चाउचाउ, चकलेट, पेयपदार्थ र सुर्तीजन्य पदार्थ अनुगमन टोलीले फेला पारेका हुन्। फेला परेको सामानहरू जफत गरी नष्ट गरिएको अनुगमन समितिले जनाएको छ। 

चौतारा साँगाचोकगढी नगरपालिका बजार अनुगमन समितिले नगरपालिका– ५ को खाद्यन्न, होटल, हार्डवयर, औषधि, डेरी र अन्य पसलहरूको छड्के अनुगमन गरेको थियो। नगर बजार अनुगमन समितिको संयोजक दुर्गा ढुंगेलको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी प्रहरी कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ र नेपाल उपभोक्ता अधिकार मच्चको संयुक्त टोलीले अनुगमन गरेको थियोे। अनुगमन टोलीले विभिन्न प्रकृतिका ७० पसलहरू अनुगमन गरेका थिए।

अनुगमनको क्रममा फेला पारएिको म्याद गुज्रिएको सामग्री नष्ट गरिएको र केही सामग्रीहरू जफत गरिएको अनुगमन समितिका संयोजक ढुंगेलले जानकारी दिए।  अनुगमनको क्रममा अनुगमन समितिका सदस्य उद्योग तथा वाणिज्य कार्यालयका प्रशिक्षक प्रवीण बस्नेतले पसलमा देख्ने गरी मूल्यसूची राख्न, साइनबोर्ड राख्न, व्यवसायको दर्ता-नवीकरण गर्न, मदिरा व्यवसायीलाई इजाजत लिएर मात्र व्यवसाय गर्न र व्यवसाय क्षेत्र वरपर सरसफाइ गर्न निर्देशन गरिएको बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.