मनास्लु पदमार्गमा मान्छे हिँड्न मिल्छ, खच्चड हिँड्न मिल्दैन

मनास्लु पदमार्गमा मान्छे हिँड्न मिल्छ, खच्चड हिँड्न मिल्दैन

गोरखा : आरीघोप्टे वर्षापछि गत शुक्रबार र शनिबार झरेको पहिरोले उत्तरी गोरखाको मनास्लु पदमार्गमा क्षति पुर्‍याएको छ। पर्यटक आउने सिजनमा पदमार्गमा पहिरोले क्षति पु¥याउँदा समस्या भएको स्थानीयवासीको भनाइ छ। 

‘पहिरोलेबाटो धेरै ठाउँमा समस्या भएको  थियो। केही ठाउँमा मर्मत भइसक्यो केहीमा बाँकी छ’, चुमनुब्री गाउँपालिका– ४ का वडाध्यक्ष पेमा ग्याल्बो लामा भन्छन्, ‘अहिले जसोतसो मान्छे हिँड्न सक्ने भएको छ। अझै खच्चड हिँड्न सक्दैन।

खच्चड हिँड्न नसक्दा दैनिक उपभोग्य सामान ढुवानीमा समस्या परेको छ।’ खच्चड हिँडाउन नसकिएपछि पर्यटक सिजनमा होटलहरूलाई आवश्यक पर्ने खाद्यान्नलगायतका सामान ढुवानी गर्न नसकिएको उनले बताए। लामाका अनुसार न्याकफेदीदेखि गपसम्मकोबाटोमा धेरै समस्या छ। ‘न्याकफेदीदेखि पेवासम्म दुई ठाउँमा ठूला पहिरोहरू छन्’, उनी भन्छन्, ‘बिहीफेदीदेखि गपसम्मको खण्डमा तीन ठाउँमा पहिरो छन्। पहिरोमा मान्छे त अडिएर जसोतसो हिँड्न सक्छन्, तर खच्चड हिँड्न सक्दैन।’

बिहीदेखि चिसापानीसम्मको बाटो आवतजावत गर्न कठिन रहेको बिहीकी छिरिङ खाम्दो लामाको भनाइ छ। ‘पहिरै पहिरो रहेछ। हिँडडुल गर्न पनि गाह्रो’, उनी भन्छिन्, ‘मान्छे त जसोतसो हिँड्न सक्ने रहेछन्, खच्चड त नसक्ने रहेछ।’ बाटोको मर्मतसम्भार गरेर खच्चडलाई समेत हिँड्न मिल्ने बनाउने वडाध्यक्ष पेमा ग्याल्बो लामाले बताए। उनका अनुसार अहिले केही दिनदेखि धमाधमबाटो मर्मत भइरहेको छ।


पहिरोले क्षतिग्रस्त मनास्लु पदमार्ग मर्मत गर्दै स्थानीय।  तस्बिर सौजन्य : गणेश कार्की।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.