सिन्धुलीमा माइक्रो बस दुर्घटना, १५ जना घाइते

सिन्धुलीमा माइक्रो बस दुर्घटना, १५ जना घाइते
सांकेतिक तस्बिर।

सिन्धुली : सिन्धुली हुँदै पूर्व मोरङतर्फ जाँदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। 

काठमाडौंबाट मोरङका लागि छुटेको बा ५ ख ६६१८ नम्बर हायस बस सिन्धुलीको  कमलामाई नगरपालिका ८ सिस्नेरीमा दुर्घटना हुँदा १५ जान घाइते भएका सिन्धुली प्रहरीले जनाएको छ। 

तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सिन्धुलीकन प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जाजकारी दिए ।

दुर्घटनाका घाइतेहरूलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानको घोपा पठाइएको प्रहरीले जनाएको छ। माइक्रो बसमा १९ जना सवार छन् । उनीहरूमध्ये चारजना सकुशल छन्। उनीहरूलाई अर्को बसमा गन्तव्यतर्फ पठाइएको सिन्धुली प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.