बाढी पहिरोको कहर : भौतिक पुनर्स्थापना गर्न २५ अर्ब लाग्ने

बाढी पहिरोको कहर : भौतिक पुनर्स्थापना गर्न २५ अर्ब लाग्ने
फाइल तस्बिर।

काठमाडौं : गत साताको भीषण वर्षाका कारण क्षति भएका सम्पूर्ण भौतिक संरचनाको स्थायी रूपमा पुनर्निर्माण गर्न करिब २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार पूर्ण रूपमा क्षति भएका संरचना बनाउन २५ अर्ब रुपैयाँ लाग्ने जानकारी दिएको हो। 

क्षति भएका सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे दुईदेखि तीन अर्ब रुपैयाँ लाग्ने अनुमान छ। असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण ३४ राजमार्गहरूका ८ सय ५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएको थियो। अहिले ७ सय ७४ स्थानको पहिरो हटाई २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायत सुचारु गरिसकिएको बताइएको छ। अझैसम्म पाँच मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्न लागिरहेको मन्त्रालयले जनाएको छ। 

अरनिको राजमार्ग लार्चा–कोदारी ५ किमि लिपिङ् पुल र लार्चाको बेलिब्रिज बगाएका कारण यातायात अवरुद्ध लार्चामा ह्युम पाइप÷पेनस्टक पाइप र लिपिङमा बेलिब्रिज जडान गरी यातायात सञ्चालन गरिनेछ। 

बीपी राजमार्ग चौकीडाँडा–कालढुंगा १८ किलोमिटर (किमि) करिब १२ किमि सडक पूर्णरूपमा बगेका कारण बीचबीचमा सवारीसाधन रोकिएका छन् भने दुवै तर्फबाट पहिरो सफा गर्ने कार्य भइरहेको छ। रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्मका सबै विकल्प प्रयोग गरी अस्थायी रूपमा यातायात सञ्चालन गरिने बताइएको छ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग दोलालघाट–राकथुम ८० किमि यस खण्डका धेरै ठाउँमा पहिरो गई सडकसमेत ‘वासआउट’ भएको छ। दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ। सडक सफा गरी बर्दिवासबाट बीपी राजमार्ग भएर आउने सवारीसाधनलाई दोलालघाट हुँदै काठमाडौं प्रवेश गराइने बताइएको छ। कान्ति राजपथ घपेली–बगुवा १३ किमि र बागमती पुलको दायाँ–बायाँ एप्रोच मकवानपुर तथा ललितपुर दुवै तर्फबाट पहिरो सफा गर्ने काम भइरहेको छ। यस्तै, बागमती पुलको एप्रोच छिटोभन्दा छिटो निर्माण गरी सवारीसाधन सुचारु गराइने मन्त्रालयले जनाएको छ। साथै, मेची राजमार्ग रमिते– फिदिम ८ किमि, हेवा पुलसहित रमिते डाँडाको पहिरो हटाउने काम भइरहेको छ भने हेँवा खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिने भनिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.