हवाई चापलाई व्यवस्थित गर्न सरकार लागिपरेको छ : मन्त्री पाण्डे

हवाई चापलाई व्यवस्थित गर्न सरकार लागिपरेको छ : मन्त्री पाण्डे

काठमाडौं : संस्कृति पयर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका मुखमा देखिएको हवाई चाप व्यवस्थित गर्न लागिपरेको बताएका छन्। शुक्रबार त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले विपद् र चाडबाडसँगै आएकाले हवाई चाप बढेको र यसलाई व्यवस्थित बनाउन सरकार लागिपरेको बताएका हुन्। 

मन्त्री पाण्डेले भने,'विपद र महान चाडहरुसँगै आएका कारण हवाई चाप बढेको छ । यसलाई कसरी न्यायोचित बनाउने भनेर कुरामा हामी निरन्तर काम गरिरहेका छौं ।' उनले यात्रुहरुको सहजताका लागि मन्त्रालयले निरन्तर काम गरिरहेको जिकिर गरे।

उनले पर्यटनमन्त्रालय सम्बद्ध संस्कृति,पर्यटन र हवाई नीतिहरू परिमार्जनको क्रममा रहेको  बताउँदै ऐन नीतिहरू बनाएर सुदृढिकरण गर्ने उद्घोष गरे।  मन्त्री पाण्डेले ट्रेड युनियनलगायतका संघ,संस्थाहरूले सत्य,तथ्य कुरा मात्रै पस्कनु पर्नेमा जोड दिए । मन्त्री पाण्डेले नेपालको हवाई आकाश सुरक्षित रहेको छ भन्ने सन्देश दिन समेत अनुरोध गरे।

मन्त्री पाण्डेले आज नै त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा यातायातसम्बन्ध पदाधिकारीहरूसँग छलफल गरेका छन्। साथै उनले त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलको टावरको समेत अवलोकन गरेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.