स्वास्थ्य सेवा प्रवाहमा बर्दिया अस्पताल प्रदेशकै उत्कृष्ट

स्वास्थ्य सेवा प्रवाहमा बर्दिया अस्पताल प्रदेशकै उत्कृष्ट

गुलरिया : बर्दियाको गुलरियामा अवस्थित जिल्लाकै जेठो बर्दिया अस्पताल आर्थिक वर्ष २०८०/८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमको लुम्बिनी प्रदेशस्तरीय वार्षिक समीक्षामा प्रथम भएको छ। जनशक्ति अभावका बीच विभिन्न सेवाहरू प्रवाह गर्दै आइरहेको अस्पताल विगत पाँच वर्षदेखि सेवा प्रभावमा प्रदेशकै उत्कृष्ट बन्दै आइरहेको छ।

अस्पतालको न्यूनतम गुणस्तरीय सेवा मूल्यांकन, प्रतिवेदन, रिपोर्टिङ, वित्तीय प्रगति एवं वार्षिक रिपोर्टलगायतका १२ वटा सूचकहरूका आधारमा ७० दशमलव ४२ अंक प्राप्त गरी लुम्बिनी प्रदेशमै प्रथम भएको बर्दिया अस्पताल गुलरियाका प्रमुख डा. सुभाष पाण्डेयले बताए। आर्थिक वर्ष २०७६/७७ देखि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटा अस्पतालहरूको सेवा प्रवाहसम्बन्धी समीक्षा गर्दै आएको छ। बर्दिया अस्पताल ४ पटक प्रथम र १ पटक दोस्रो भएको पाण्डेले बताए। बर्दिया अस्पताल पटकपटक मूल्यांकनमा उत्कृष्ट भएसँगै अस्पताल प्रशासनको हौसला बढेको प्रमुख डा. पाण्डेको भनाइ छ।

सूचकहरूको आधारमा लुम्बिनी प्रादेशिक अस्पताल पुनः द्वितीय भएको छ। पछिल्लो मूल्यांकनमा चौथो स्थानमा रहेको अर्घाखाँची अस्पतालले यसपटक तृतीय स्थान प्राप्त गरेको छ। पछिल्लो मूल्यांकनमा तृतीय स्थानमा रहेको कपिलवस्तु अस्पताल यसपटक १०औं स्थानमा धकेलिएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारू, सचिव डा.बासुदेव उपाध्याय, निर्देशक डा. विनोदकुमार गिरीले प्रथम, द्वितीय, तृतीय हुने अस्पताललगायत समीक्षामा सहभागी अस्पतालहरूलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.