लागुऔषधसहित ६ जना पक्राउ
काठमाडौं : काठमाडौंमा लागुऔषधसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको भुम्लु गाउँपालिका-६ घर भई हाल काठमाडौंको चमती बस्ने १९ वर्षीय नविन रिजाल,सोही ठाउँ बस्ने २६ वर्षीष अनिष महर्जन, चितवनको भरतपुर नगरपालिका-१० का २५ वर्षीया अनु तामाङ, धादिङको गजुरी गाउँपालिका-८ का ४० वर्षीय केशर स्याङतान, धादिङको थर्पुभन्ज्याङका २८ वर्षीय राजेश परियार र तनहुँको आबुखैरेनी नगरपालिका-३ का २५ वर्षीय सुवास परियार रहेका छन्।
नविन रिजालको कोठामा लागुऔषध बिक्री वितरण भई रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोली उनीहरूलाई लागुऔषध र २९ हजार ७०० रुपैयाँसहित पक्राउ गरेको हो। उनीहरूको साथबाट नाइट्राभेट ७६५ पिस, ट्रामाडोल ५५० पिस, स्ट्रागन ३७० पिस, स्पास ३० पिस र गाँजाको धुलो २०० ग्राम फेला परेको वृत्तले जनाएको छ।