दुर्घटनामा घाइते महिलाको मृत्यु

दुर्घटनामा घाइते महिलाको मृत्यु

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–५ गोठगाउँमा दुर्घटनामा परेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ। 

सुन्दरहरैँचा–५ की ३२ वर्षीया मुना गौतमको शुक्रबार मृत्यु भएको हो। उनले चलाइरहेको प्रदेश १–०२–०४८ प ६८५९ नम्बरको स्कुटरलाई बेलबारीबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०५० प ५५९२ नम्बरको मोटरसाइकलले यही असोज १३ गते साँझ ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते भएकी गौतमको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा शुक्रबार बिहान ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि फरार बनेका मोटरसाइकल चालक संखुवासभाको मादी नगरपालिका–२ का ३० वर्षीय नवीन खड्कालाई प्रहरी चौकी गछियाको टोलीले पक्राउ गरेको छ। 

खड्काविरुद्ध सवारी ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ। घटनाको थप अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.