बजारमा खानेतेलको अभाव हुन नदिन मन्त्री भण्डारीको आग्रह

बजारमा खानेतेलको अभाव हुन नदिन मन्त्री भण्डारीको आग्रह

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल वनस्पति घ्यू तेल उत्पादक संघका पदाधिकारीसँग खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी लिएका छन् । उनले उपभोक्तालाई मर्का नपर्ने गरेर बजारमा खानेतेलको आपूर्तिको व्यवस्था गर्न आग्रह गरेका हुन्।

संघका अध्यक्ष विकास दुगडसहितको टोलीले मन्त्री भण्डारीलाई आज सिंहदरबारस्थित मन्त्रालयमा खानेतेलको मूल्य र आपूर्ति अवस्थाबारे जानकारी गराएको हो । अध्यक्ष दुगडले अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तन र जलवायु परिवर्तनका कारण मूल्यवृद्धिको अवस्था आएको मन्त्री भण्डारीसमक्ष जानकारी गराए।

मन्त्री भण्डारीले विपद् र चाडपर्वका बेला मूल्य वृद्धि गर्न नहुने उल्लेख गर्दै वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलसहित बैठक बसेर उपभोक्तालाई मर्का नपर्ने गरेर समाधान निकाल्न निर्देशन दिए।

सो क्रममा संघका अध्यक्ष दुगड,पूर्वअध्यक्ष सन्दीप अग्रवाललगायतले खानेतेल उत्पादक उद्योगीले वाणिज्य मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिधै खरिद गरेर बिक्री गर्दा उपभोक्ताले बजार मूल्यभन्दा सस्तोमा खानेतेल खरिद गर्न पाउने बताए।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अध्यक्ष रमेश आचार्यले उद्योगबाट सिधै तेल खरिद गरेर उपभोक्ताले सस्तोमा पाउने भएकाले खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी गराएका थिए।

नेपाल चामल तेल उत्पादक संघका विभोर अग्रवालले विगतको तुलनामा चामलको मूल्य कम रहेको र चाडपर्वका बेला चामल तथा दालको मूल्य वृद्धि नहुने जानकारी दिए । उनले तिहारपछि भारतले निर्यात शुल्क १० प्रतिशत वृद्धि गर्न लागेकाले वाणिज्य मन्त्रालयले पहल गरे त्यो हट्ने र मूल्य वृद्धि नहुने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.