गढीमाई मन्दिर दर्शन गर्न जाने भक्तजनका लागि निःशुल्क बस सेवा

गढीमाई मन्दिर दर्शन गर्न जाने भक्तजनका लागि निःशुल्क बस सेवा

वीरगन्ज : बाराको बरियापुरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा दर्शन गर्न जाने भक्तजनका लागि सदरमुकाम कलैयाबाट निःशुल्क बस सेवा सुरु गरिएको छ।

ओमविनायक ट्राभल्सले घटस्थापनादेखि नवमीका दिनसम्मका लागि सदरमुकाम कलैयाबाट गढीमाई मन्दिरसम्मका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको हो। पशुबलीका लागि विश्वमै प्रसिद्ध रहेको गढीमाई मन्दिरमा लाग्ने पञ्चवर्षीय मेला बिहीबार घटस्थापनाका दिनदेखि विधिवत् रूपमा सुरु भइसकेको छ। बिहीबार घटस्थापनाका दिन बृहत शोभा यात्रापनि निकालिएको थियो। 

घटस्थापनाका दिनदेखि पञ्चवर्षीय गढीमाई मेला विधिवत रूपमा सुरु भएसँगै मन्दिर र मेलामा दर्शन गर्न चाहने भक्तजनहरूका लागि बिहीबारदेखि नै कलैयाबाट निःशुल्क बस सेवा सुर गरिएको ओमविनायक ट्राभल्स प्रालिका सञ्चालक अच्यूत पौडेलले जानकारी दिए। 

घटस्थापनका दिनदेखि नवमीका दिनसम्म अर्थात असोज २५ गतेसम्म कलैयाको भरत चोकबाट हरेक दिन बिहान साढे ६ बजे भक्तजनहरूलाई लिएर बस गढीमाई मन्दिरसम्म जाने र मन्दिरबाट फेरि भक्तजनहरूलाई लिएर बिहान साढे ८ बजे बस कलैयामा फर्किने पौडेलले बताए। बिहीबार गढीमाई मेलाका लागि निकालिएको शोभायात्रामा पनि आफूले दुई वटा बस निःशुल्क उपलब्ध गराएको जानकारीपनि उनले दिए। 

महागढीमाई नगरपालिका तथा गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन समितिको समन्वयमा भक्तजनहरूका लागि निःशुल्क बस सेवा सुरु गरिएको उनले बताए।

महागढीमाई नगरपालिकाका मेयर तथा मेला समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले पनि गढीमाई मन्दिर र मेलामा दर्शन गर्न आउने भक्तजनहरूको सहजताका लागि ओम विनायक ट्राभल्स प्रालिका अध्यक्ष पौडेलसँगको समन्वयमा कलैयाबाट मन्दिरसम्म निःशुल्क बस सेवा सुरु गरिएको बताए। यसबाहेक बारा बस व्यवसायी संघको समन्वयमा थप अरू चार वटा बसपनि निःशुल्क सञ्चालन गर्ने बारेमा पहल भइरहेको जानकारी उनले गराए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.