कार्यसम्पादनमा स्वास्थ्य कार्यालय पाल्पा लुम्बिनी प्रदेशमा पहिलो

कार्यसम्पादनमा स्वास्थ्य कार्यालय पाल्पा लुम्बिनी प्रदेशमा पहिलो

तानसेन : लुम्बिनी प्रदेशमा स्वास्थ्य कार्यालय पाल्पा प्रथम भएको छ। लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले प्रदेशभरीका १२ जिल्लाका कार्यालयले गर्ने कार्यसम्पादन मूल्यांकनमा स्वास्थ्य कार्यालय पाल्पा प्रथम भएको हो। स्वास्थ्य कार्यालय पाल्पा अघिल्लो वर्ष ०७९/८० मा पनि प्रदेशभरी भरी उत्कृष्ट अंक सहित प्रथम भएको थियो।

यसैगरी कार्यसम्पादन मूल्यांकनमा स्वास्थ्य कार्यालय रोल्पा दोस्रो र स्वास्थ्य कार्यालय गुल्मी तेस्रो भएका छन्। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १२ वटा कार्यालय, १४ वटा अस्पताल र १३ आर्युवेदिक स्वास्थ्य केन्द्रलाई कार्यसम्पादन मूल्यांकनमा समावेश गर्दै आएको छ।

यसैगरी प्रदेशभरीका १४ वटा अस्पताल मध्येमा बर्दिया अस्पताल प्रथम भएको छ भने लुम्बिनी प्रादेशिक अस्पताल बुटवल द्वितीय र अर्घाखाँची अस्पताल तृतीय भएको छ। आयुर्वेद तर्फ अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र प्रथम भएको छ भने लुम्बिनी आयुर्वेद चिकित्सालय द्वितीय र कपिलवस्तु आयुर्वेद चिकित्सालय तृतीय भएको छ। जनतालाई दिने सेवा प्रवाह, सेवाग्राहीको सन्तुष्टि लगायतका विषयवस्तुका सूचकहरूको आधारमा उत्कृष्ट स्वास्थ्य कार्यालय, अस्पताल र आर्युवेदिक स्वास्थ्य केन्द्र घोषणा गरिएको हो।

स्वास्थ्य कार्यालय पाल्पालाई विगत दुई वर्षदेखि नै प्रदेशमा पहिलो तथा उत्कृष्ट कार्यालय बनाउन सफल भएको र आगामी वर्ष पनि पहिलो हुने गरी कार्यसम्पादनमा लागी परेको कार्यालयका वरिष्ठ तथ्यांक अधिकृत एवं निमित्त प्रमुख टुकप्रसाद पोखरेलले बताए।

स्वास्थ्य मन्त्री खेमबहादुर सारुले प्रदेशस्तरीय समीक्षा कार्यक्रममा उत्कृष्ट स्वास्थ्य कार्यालय, आयुर्वेद चिकित्सालय र अस्पतालहरूलाई पुरस्कार वितरण गरे। स्वास्थ्य मन्त्री सारुले चालु आर्थिक वर्षमा सबै कार्यालय, अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्रले आफू प्रथम हुनेछु भन्ने भावनाका साथ काम गर्नुपर्ने बताए। जनताको सेवा सुविधालाई ध्यानमा राख्दै सबैले गुणस्तरीय सेवा प्रदान गर्न उनले जोड दिए। लुम्बिनी प्रदेशमा १२ वटा स्वास्थ्य कार्यालय, १३ वटा आयुर्वेद चिकित्सालय तथा स्वास्थ्य केन्द्र र १४ वटा अस्पताल छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.