पूर्वाधार विकास समिति बैठक

क्षतिग्रस्त सडक मर्मत गरी तत्काल सुचारु गर्ने गरी काम गर्न सरकारलाई निर्देशन

क्षतिग्रस्त सडक मर्मत गरी तत्काल सुचारु गर्ने गरी काम गर्न सरकारलाई निर्देशन

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले हालैका बाढीपहिरोबाट क्षतिग्रस्त सडकसञ्जाल मर्मत गरि तत्काल सुचारु गर्ने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले चाडवाडका समयमा सडक अवरुद्ध हुँदा लाखौं सर्वसाधारणहरू समस्यामा परेको भन्दै बाढीपहिरोबाट क्षतिग्रस्त सडकसञ्जाल मर्मत गरि तत्काल सुचारु गर्ने गरि काम गर्न सरकारलाई निर्देशन दिएको हो । 

अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै विपद् क्षेत्रमा फास्ट ट्रयाकमार्फत् सडक पुननिर्माण गर्न र बेलिब्रिज पुल जडानको कामलाई तीव्रता दिन पनि समितिले निर्देशन दिएको छ । त्यस्तै बैठकले बाढीपहिरोका क्षति भएको विद्युत र सिंचाइ संरचना तत्काल निर्माण गर्न पनि ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढी पहिरोका कारण अवरुद्ध भएका राजमार्गहरू दशैं अगाडि नै खुलाउने गरि काम भइरहेको जानकारी दिए । उनले बाढी पहिरोबाट भएको क्षतिको पुनर्निर्माणका लागि २० देखि २५ अर्ब रुपैयाँ लाग्ने आकलन गरिएको बताए।

त्यस्तै ऊर्जामन्त्री दिपक खड्काले बाढीपहिरोबाट क्षतिग्रस्त विधुत संरचना बनाउने काम सुरु गरिसकेको र प्राकृतिक प्रकोपका कारण अवरुद्ध भएका विद्युतहरु सुचारु भइसकेको जानकारी दिए। क्षति भएका ठूला संरचनाहरू तत्काल निर्माण सम्भव नभएकाले बैकल्पिक माध्यमबाट विद्युत प्रभाव भइरहेको उनले बताए।

उनले बाढिपहिरोका कारण सिंचाइ क्षेत्रमा भएको क्षतिको विवरण  संकलन भइरहेको र छिटोभन्दा छिटो पुननिर्माण गरिने जिकिर गरे । बैठकमा समिति सदस्यहरूले बाढीपहिरोको अलर्ट जारी हुँदा पनि राम्रोसँग पूर्वतयारी नभएकाले ठूलो धनजनको क्षति हुन पुगेको धारणा राखेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.