ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण

ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण

काठमाडौं : बागमती प्रदेशको श्रम, रोजगार, तथा यातायात मन्त्रालयले डिजिटल सवारी चालक अनुमतिपत्रको नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण गरेको छ।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र  बागमती प्रदेशका यातायात मन्त्री प्रेमभक्त महर्जनले  प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई स्मार्टफोन हस्तान्तरण गरेका हुन्। 

नागरिक एपमा रहेको क्युआर सहितको डिजिटल सवारी चालक अनुमतिपत्र रिड गर्नका लागि प्रदेश सरकारले ट्राफिक प्रहरीलाई स्मार्टफोन उपलब्ध गराएको हो। कार्यक्रममा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री दाहालले यातायात क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।

उनले समयमा नै सवारी चालक अनुमतिपत्रको छपाई हुन नसकेको अवस्थामा अब सम्बन्धित प्रदेशले नै छपाई गर्ने गरी जिम्मेवारी हस्तान्तरण गरिएको बताए। त्यस्तै प्रहरी महानिरीक्षक बसन्त कुँवरले ट्राफिक प्रहरीको कामकारबाहीलाई सूचना प्रविधिमैत्री बनाउँदै लैजाने बताए। उनले पारदर्शी सेवा सञ्चालन गर्नका लागि डिजिटल सवारी चालक अनुमतिपत्रको नियमन र डिजिटल प्रणालीबाटै कारबाही गरिने जिकिर गरे। 

उनले राष्ट्रिय परिचय पत्र र यातायात प्रणाली लिंक भएको अवस्थामा राष्ट्रिय परिचय पत्रबाट पनि सवारी चालक अनुमतिपत्र देखाउन सकिने जिकिर गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.