बाढीपहिरोबाट क्षतिग्रस्त स्थानीय पालिकाहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

बाढीपहिरोबाट क्षतिग्रस्त स्थानीय पालिकाहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

काठमाडौं : विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बाढीपहिरोबाट क्षतिग्रस्त स्थानीय पालिकाहरुलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसमक्ष सिफारिस गरेको छ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले काभ्रे, मकवानपुर, सिन्धुली, रामेछाप लगायतका बाढीपहिरोबाट बढी प्रभावित जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकमा बाढीपहिरोबाट बढी क्षतिग्रस्त भएका जिल्लालाई संकटग्रस्त क्षेत्र गर्ने विषयमा छलफल भएपनि प्रभावित स्थानीय तहलाई नै संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरिएको जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त प्रमुख वसन्त अधिकारीले जानकारी दिए। 

बैठकमा पछिल्लो साता परेको भारी बर्षा र त्यसले पुर्‍याएको क्षतिबारे समीक्षा गर्दै राजमार्गमा देखिएका समस्या समाधानका लागि छलफल भएको थियो। हालैको बाढीपहिरोबाट २३९ जनाको मृत्यु, १६९ जना घाइते र १८ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.