तीन देशको भ्रमण सकेर स्वदेश फर्किएकी परराष्ट्रमन्त्रीले भनिन्- नेपालको स्थिति त्यस्तो नराम्रो देखिनँ

तीन देशको भ्रमण सकेर स्वदेश फर्किएकी परराष्ट्रमन्त्रीले भनिन्- नेपालको स्थिति त्यस्तो नराम्रो देखिनँ

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणाले नेपाल स्थिति त्यति नराम्रो नरहेको बताएकी छन्। तीन देशको भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएकी मन्त्री राणाले नेपालको अवस्था राम्रो रहेको बताइन्।

'नेपालको स्थिति खत्तमै भयो भन्ने थियो। तर, बाहिरबाट हेर्दा त्यस्तो देखिएन,' उनले भनिन्। नेपालले एसडीजी गोल ४७ प्रतिशत पूरा गरेको उनको भनाइ छ। '४७ प्रतिशत त पासमात्रै होला भन्नठानेका थियौं। १७ प्रतिशतलेमात्र एसडीजी गोल पूरा गरेको पायौं। त्यसरी हेर्दा हामी राम्रो स्थानमा रहेको पायौं। तर, हाम्रा लागि यही पर्याप्त होइन,' उनले भनिन्। 

उनले क्यानडामा महिला परराष्ट्र मन्त्रीहरूको फोरममा सहभागी भएको र त्यहाँ महिलाका सबालहरूका विषयमा छलफल भएको बताइन्। 'क्यानडामा राजनीतिमा महिलाको सहभागिताका विषयमा मैले नेपालको सन्दर्भमा कुरा उठाएँ। भ्रामक समाचारले महिलामाथि भइरहेको हिंसाका विषयमा पनि छलफल भयो। संयुक्त राष्ट्रसंघको महासचिव अब महिलालाई बनाउनुपर्छ भनेर निर्णय पनि गरेका छौं,' मन्त्री राणाले भनिन्।

त्यस्तै संयुक्त राष्ट्रसंघका फोरमहरूमा प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो मत मिलेको उनको भना इछ। 'संयुक्त राष्ट्रसंघको धेरै फोरमहरूमा भाग लियौं। त्यहाँका सबै फोरममा प्रधानमन्त्रीजी र मेरो मत एउटै थियो। हामीले शान्तिलाई जोड दियौं। जलवायु परिवर्तनले नेपालमा गरेको विनासका विषयमा कुरा उठायौं,' उनले भनिन्। 

त्यस्तै कतारमा भएको सम्मेलनमा साइबर सेक्युरिटी र एआईका विषयमा छलफल भएको उनले बताइन्। उनले विदेशमा रहँदा नेपालको छबिलाई उच्च बनाउन, विदेशी लगानी भित्र्याउन र समग्र देशको विकासका निम्ति पहल कदमी चालेको दाबी गरिन्। 

त्यस्तै एमसीसीका विषयमा अमेरिकाले नेपालको प्रगति राम्रो रहेको बताएको उनको भनाइ छ। नेपाली टोलीले अमेरिकास्थित एमसीसी प्रतिनिधिहरूसँग पनि छलफल गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.