आगोले जलेर मृत्यु
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको हिलादेमा आगोले जलेर एक जनाको मृत्यु भएको छ।
पाउद्धारका ६७ वर्षीय कालु परियारको आगोले जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। घटनास्थल पुगेका प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार बिहिबार खाना खाएर सुतेका परियारको राती गोठ आगलागी हुँदा जलेर मृत्यु भएको हो।
कालु सुतेको नरबहादुर बिकको ढुंगा, माटोले बनेको र निगालोको चोयाले बुनेको चित्राले बारेको घरको भान्छाकोठा आगोले जलेर नष्ट भएको छ। मृतकको शव परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको र आगलागीको कारण नखुलेको प्रहरी निरीक्षक रायमाझीले बताए।