नुवाकोटमा अखाद्य वस्तु बरामद

नुवाकोटमा अखाद्य वस्तु बरामद

नुवाकोट : चाडपर्वको समयमा बजारमा गुणस्तरहीन वस्तुको बिक्री वितरण भइरहेको गुनासो आएपछि नुवाकोटका विभिन्न बजार अनुगमन गरिएको छ।

संयुक्त बजार अनुगमन टोलीले नुवाकोटको विदुर नगरपालिका, लिखु र सूर्यगढी गाउँपालिकाको विभिन्न बजारमा रहेका किराना पसल तथा खाद्यान्न सप्लायर्सहरूको स्थलगत अनुगमन गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंको नेतृत्वमा गएको संयुक्त टोलीले विभिन्न नौवटा किराना पसलहरूमा अनुगमन गरिएको उद्योग वाणिज्य कार्यालय नुवाकोटले जनाएको छ।

संयुक्त बजार अनुगमन समितिद्वारा विदुर नगरपालिका-१० महभीर, लिखु गापाको ढिकुरे, थानसिङ, छहरे, सूर्यगढी गापाको केराबारीमा संयुक्त बजार अनुगमन गरिएको हो। पसल अनुगमनका क्रममा अखाद्य वस्तु फेला परेपछि जफत गर्नुका साथै नगद जरिवानासमेत गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी हुमागाईंको नेतृत्वमा जिल्ला बजार अनुगमन समितिद्वारा लिखु गापा १, ४, ५ र ६ मा बजार अनुगमन गरिएको हो। लिखुमा ६ वटा किराना पसल तथा सप्लायर्सको अनुगमन गरिएको अनुगमन समितिका सदस्य सचिव तथा उद्योग वाणिज्य कार्यालय नुवाकोटका प्रमुख किशोर सापकोटाले जानकारी दिए।

उनका अनुसार ती बजारहरूबाट १० हजार ५ सय ३० रुपैयाँ बराबरको अखाद्य वस्तु जफत गरिएको छ। प्रमुख सापकोटाले अनुगमन गरिएका पसलहरूमध्ये लिखु ४ को लक्की लक्ष्मी इन्टरप्राइजेजबाट दुई हजार ९० रुपैयाँ बराबरको अखाद्य सामग्री जफत गरिनुको साथै उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम पाँच हजार रुपैयाँ जरिवाना गरिएको जानकारी दिए।

लिखु-१ ढिकुरेस्थित चन्द्रलाल एण्ड सन्सबाट चार हजार तीन सय २० रुपैयाँ बराबरको अखाद्य सामग्री जफत गरिएको छ। लिखु ५ को श्याम किराना स्टोर्सबाट २ सय ५० रुपैयाँ बराबरको अखाद्य सामग्री नष्ट गरिनुका साथै लिखु ६ स्थित सौजन्य इन्टरप्राइजेजबाट तीन हजार आठ सय ७० रुपैयाँ बराबरको अखाद्य सामग्री नष्ट गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.