बाढी पहिरोबाट अझै १८ जना बेपत्ता, मृत्यु हुनेको संख्या २३९ पुग्यो

बाढी पहिरोबाट अझै १८ जना बेपत्ता, मृत्यु हुनेको संख्या २३९ पुग्यो
फाइल तस्बिर

काठमाडौं : बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ। गृह मन्त्रालयका अनुसार अझै १८ जना बेपत्ता छन् भने १७८ जना घाइते भएका छन्।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार मृतकहरूमध्ये १४३ जनाको परिवारलाई राहत रकम प्रदान गरिएको छ। प्रभावित क्षेत्रमा अहिले पनि उद्धार र राहत वितरणको कामलाई तीव्रता दिएको मन्त्रालयले जनाएको छ। 

'आज पनि उद्धार तथा राहत वितरणको कार्यलाई निरन्तरता दिइएको छ। धेरै स्थानमा अवरुद्ध भएका सडकहरू सञ्चालनमा आएका छन्। अवरुद्ध बीपी राजमार्ग लगायतका केही सडक खण्डहरू वैकल्पिक व्यवस्था गरी अस्थायी रूपमा सञ्चालन गर्न प्रयास भइरहेको छ,' मन्त्रालयले भनेको छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.