जोमसोममा वायु गुणस्तर मापन केन्द्र स्थापना हुने

जोमसोममा वायु गुणस्तर मापन केन्द्र स्थापना हुने

जोमसोम : हिमाली जिल्लामै पहिलो पटक मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना हुने भएको छ। सरकारले ३१ औं वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि मुस्ताङमा यो प्रविधि जडान गर्न लागेको हो।

वातावरणीय स्वच्छता कायम राख्ने, प्रदुषणलाई निश्चित सीमा भित्र सन्तुलनमा राख्ने, दिगो विकासका अंगहरुसँग जोड्ने र मानव स्वास्थ्यलाई प्रतिकुल हुन नदिनेलगायतका उद्देश्यसहित नेपाल सरकार वातावरण विभागले मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना गर्ने तयारी गरेको हो।

यसका लागि २ साताअघि वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदी र विभागका प्राविधिक उपसचिव दीपक ज्ञवाली लगायतको टोली मुस्ताङ आएको हो। टोलीले वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि स्थान छनौट गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङसँग समन्वय गरेको थियो। मुस्ताङ प्रशासनसँग समन्वयमा विभागको टोली जिल्ला प्रशासन कार्यालय पछाडिको शालिग्राम उद्यान पार्कमा वायु गुणस्तर मापन केन्द्र स्थापना गर्ने निर्णय गरेको विभागका महानिर्देशक ज्ञानराज सुवेदीले जानकारी दिए। झन्डै १ करोड बढी लागतको वायु गुणस्तर मापन प्रविधि जडान गर्ने तयारी भइरहेको महानिर्देशक सुवेदीले उल्लेख गरे।

सरकारको यसअघि ३० वटा जिल्लाहरूमा वायु गुणस्तर मापन केन्द्र सञ्चालनमा छन्। ३१ औं केन्द्रका रूपमा चालू आर्थिक वर्षभित्रै वायु गुणस्तर मापन केन्द्र स्थापना सम्पन्न हुने महानिर्देशक सुवेदीको भनाइ छ।

वायुको गुणस्तर, वातावरणीय स्वच्छता र वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न अपनाउन पर्ने रणनीति तय गर्न वायु मापन गुणस्तर केन्द्र प्रविधिले सहयोग पुग्ने विभागका प्राविधिक उपसचिव दीपक ज्ञवालीले उल्लेख गरे। प्राविधिक उपसचिव ज्ञवालीले वायु गुणस्तर मापन केन्द्र प्रविधिले २४ सैं घण्टा वायुको अवस्था बारेमा अपडेट गर्ने बताए।

बिजुली र इन्टरनेटको सहायताबाट वायु गुणस्तर मापन प्रविधिले त्यस क्षेत्रको वस्तुगत वातावरणीय अवस्थाको जानकारी गराउँछ। यो प्रविधिका माध्यमबाट गृह मन्त्रालय अन्तर्गत रहेको सेक्टर सर्वो सिस्टममा त्यस क्षेत्रको वातावरणीय डाटा इन्ट्री हुन्छ। विभागले यही डाटा हेरेर विभागको वेबसाइटमा अपेडट गर्ने प्राविधिक उपसचिव ज्ञवालीको भनाइ छ।

मुस्ताङको जोमसोममा स्थापना गरिने वायु गुणस्तर मापन प्रविधिले त्यस आसपासको क्षेत्रमा वायुको अवस्था बारे जानकारी दिने गर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.