एनसेलकी विशाखा खड्काले जितिन् ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

एनसेलकी विशाखा खड्काले जितिन् ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौं : एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएकी छिन्। उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम’ विधाअन्तर्गत यो अवार्ड पाएकी हुन्।

यो अवार्ड उनले सामाजिक क्षेत्रमा गरेका महत्वपूर्ण कार्यहरू र ती कार्यहरूको प्रभावको सम्मान हो। साथै यो अवार्ड एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिक बनेर वर्षौदेखि स्वास्थ्य, शिक्षा, वातावरण, विपद् प्रतिकार्य तथा पूर्वतयारी लगायतका क्षेत्रहरूमा गर्दै आएको प्रभावकारी सामाजिक पहलहरूको एक प्रमाण हो।

‘यो हाम्रो टिम एनसेलले गरेको सामुहिक प्रयासको नतिजा हो र हामीले गरेका सामाजिक पहलहरूले अन्तर्राष्ट्रिय मान्यता पाएकोमा धेरै खुसी छौं। एनसेल फाउन्डेसनको सुरुवातसँगै हामी सामाजिक पहलहरू मार्फत समुदायमा सकारात्मक र दिगो परिवर्तन ल्याउन, सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउन र दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि सरकारलाई सहयोग गर्ने हाम्रो यात्रालाई निरन्तरता दिन प्रतिबद्ध छौं,’ खड्काले भनिन्।

एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १ करोड ३० लाखभन्दा बढी नेपालीलाई सकारात्मक प्रभाव पार्दै देशै भरी १०० भन्दा बढी सामाजिक परियोजनाहरू कार्यान्वयन गरेको छ। रिङरोडको कोटेश्वर–कलङ्की १०.२ किलोमिटर सडक खण्डको दुवैतिर गरिएको ल्याण्डस्केपिङ र हरियाली विकास, धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन तथा स्वास्थ्य सूचना कार्यक्रम, ६० वटा सरकारी विद्यालयहरूमा स्थापना गरिएको आधुनिक डिजिटल आईटी ल्याब र सबै प्रदेश समेटिने गरि सञ्चालन गरिएको एटीन फर एटीन सामाजिक पहल एनसेलले कार्यान्वयन गरेको केही प्रमुख परियोजनाहरू हुन्।

आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा एनसेलले नाइन्टिन फर नाइन्टिन सामाजिक पहलको पनि सुरुवात गरेको घोषणा गरेको छ। यसअन्तर्गत एनसेल फाउन्डेसनले सातवटै प्रदेशको सामुदाय स्तरमा कुल १९ सामाजिक परियोजनाहरू सञ्चालन गर्नेछ। एनसेलले विभिन्न सामाजिक पहलहरूमा २ अर्ब रुपैयाँभन्दा बढीको योगदान गरिसकेको छ। सामाजिक परियोजनामार्फत सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याएकोले एनसेल एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरूबाट सम्मानित भइसकेको छ।

वुमन्स ट्याब्लोइड अवाडर्सले मुख्य रूपमा वुमन लिडर, चिफ एक्जिक्युटिभ अफिसरहरू, उद्यमीहरू, र महिलाले सञ्चालन गरेका व्यवसायहरूको उल्लेखनीय उपलब्धिहरूको सम्मान गर्दछ। वुमन ट्याब्लोइड एउटा ग्लोबल बिजनेश म्यागेजिन हो जसले विभिन्न उद्योगहरूमा महिलाहरूले गरेको उपलब्धि, चुनौती र योगदानलाई हाइलाइट गर्दछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.