रुकुमकोटका ३ पसलमा सिल

रुकुमकोटका ३ पसलमा सिल

रुकुमपूर्व : रुकुमपूर्वमा  बजार अनुगमन गर्दा मापदण्डविपरीत सञ्चालित तीन पसल सिल गरिएको छ। सहायक  प्रमुख जिल्ला अधिकारी जीवनकुमार खड्का संयोजकत्वमा अनुगमन गर्दा दुई वटा  किराना पसल र एउटा मासु पसल बन्द गरिएको हो। 

चाडपर्वको समयमा  बजारमा गुणस्तरहीन वस्तुको बिक्री वितरण भइरहेको गुनासो आएपछि तथा  चाडपर्वमा हुने कालोबजारी र म्याद गुज्रिएका सामान बरामद गर्ने उद्देश्यले  रुकुमकोट बजार अनुगमन गरिएको हो। जिल्ला प्रशासन कार्यालय, रुकुमकोट उद्योग  वाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालय, सिस्ने गाउँपालिका, रेडियो  पूर्वी रुकुमलगायत सरोकारवाला निकायहरूको संयुक्त उपस्थितिमा सिस्ने गाउँपालिका  वडा नम्बर ५ र ६ मा रहेका मासु पसल, खाद्यान्न पसल तरकारी पसल, होटेल तथा  मदिरा पसलहरूमा अनुगमन गरिएको छ।

यस क्रममा १८ वटा पसलहरू अनुगमन गर्दा  म्याद गुज्रिएका ९ हजार ७ सय ९०  बराबरको सामान बरामद गरी नष्ट गरिएको र  मापदण्डविपरीत मासु पसल सञ्चालन गरेका दुइटा पसललाई ७ हजार रुपैयाँ  जरिबाना तथा दुई वटा किराना पसल र एउटा मासु पसल बन्द गरिएको सहायक प्रमुख  जिल्ला अधिकारी जीवनकुमार खड्काले बताए।

सहायक प्रमुख जिल्ला अधिकारी  खड्का अनुसार अझै पनि व्यवसायीलाई पसलअनुसार मापदण्ड पूरा गर्न निर्देशन  गरिएको छ भने अब बजार अनुगमनको कामलाई तीव्रता दिइनेछ। बजार अनुगमन गर्दा  उद्योगी तथा व्यापारीहरूले अनुगमन टोलीसँग झगडा गर्ने, असभ्य भाषा प्रयोग  गर्ने, सरकारी जागिरेवालाले पसल दर्ता नै नगरी व्यवसाय सञ्चालन गरेको समेत  पाइएको छ।

अनुगमनका क्रममा अधिकांश पसल तथा व्यवसायले न्यूनतम  मापदण्डसमेत पूरा नगरेको पाइएको छ।  पसलमा मूल्य सूची नराखेको, बिलबिजक  जारी र नवीकरण नगरेको धेरै जसो पसलहरू मापदण्डविपरीत रहेको पाइएको जिल्ला  प्रशासन कार्यालय रुकुमपूर्वले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.