हेटौंडाबाट ११ करोडभन्दा बढीको अवैध सुनसहित दुई भारतीय पक्राउ

हेटौंडाबाट ११ करोडभन्दा बढीको अवैध सुनसहित दुई भारतीय पक्राउ

हेटौंडा : मकवानपुर प्रहरीले ११ करोडभन्दा बढीको अवैध सुनसहित हेटौंडाबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षीय अभिषेक अजिनाथ कुटी र भारतको महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने २७ वर्षीय राहुल भिट्टिहाल रहेका छन् । 

प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट उनीहरूलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार बिहान ३ बजेको समयमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरूको साथमा ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा बराबरको अवैध सुन फेला परेको हो ।

स्कुटर चालक अभिषेक र स्कुटरमा सवार राहुलको साथबाट ८ वटा बिस्कुटको आकारको (तौल गर्दा ८ किलो २४३ ग्राम ९७० मिलिग्राम) सुन बरामद भएको मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.