सरकारसँग एमाले कोशी प्रदेशको माग : पुनर्निर्माण प्राधिकरण स्थापना गरौं, राहत र क्षतिपूर्ति उपलब्ध गराऊ

सरकारसँग एमाले कोशी प्रदेशको माग : पुनर्निर्माण प्राधिकरण स्थापना गरौं, राहत र क्षतिपूर्ति उपलब्ध गराऊ

विराटनगर : नेकपा एमाले कोशी प्रदेश समितिले बाढीपीडितलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । शनिबार विराटनगरमा पूर्व मुख्यमन्त्री एवम् एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई नेतृत्वको एमाले टोलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउँदै पीडितहरूलाई राहत, घाइतेहरूको निःशुल्क उपचार उपलब्ध गराउन माग गरेको हो । 

यसैगरी भौतिक पूर्वाधार, खानेपानी र सञ्चार क्षेत्रमा भएको क्षतिको अध्ययन गरी तत्काल र दीर्घकालीनरुपमा पुनर्निर्माणका लागि छुट्टै विशेष पुनर्निर्माण प्राधिकरण स्थापना गर्न आग्रह गरेको छ । पूर्व मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारप्रति अनास्था बढिरहेको बेला विपद् पीडितहरूलाई राहत र क्षतिपूर्ति तथा विपदमा भएको भौतिक क्षतिको पुनर्निर्माण गरी प्रदेश सरकारको आवश्यकता र औचित्य साबित गर्न सकिने बताए।

ध्यानाकर्षण पत्र बुझ्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य शुरु गरिसकेको र संघीय सरकारसँगको समन्वयमा पीडितहरूलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए। उनले 

प्रदेश सरकारको अनुभूति दिलाउने गरी आफूहरूले पुनर्निर्माण कार्यको लागि समन्वय गरिरहेको पनि बताए।

ध्यानाकर्षण पत्रमा कोशी प्रदेशमा २२ जनाको मृत्यु, ५ जना बेपत्ता र एक जना घाइते भएको तथ्यांक एमाले कोशीले बुझाएको छ । यसैगरी सडक, खानेपानी, बिजुली, सञ्चार क्षेत्रमा भएको भौतिक क्षतिको विवरण पनि बुझाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.