फेमे खोलामा डाईभर्सन निर्माण सुरु
फिदिम : फिदिम फालोट सडकखण्डस्थित फिदिम नगरपालिका १ र ११ को सिमाना भएर बग्ने फेमे खोलामा डाईभर्सन निर्माण सुरु गरिएको छ । खोरङ्गाखोला जलबिद्युत् आयोजनाको पेनस्टक पाइप प्रयोग गरेर डाईभर्सन निर्माण सुरु गरिएको हो ।
आइतबारदेखि यातायात सुचारु गर्ने उद्देश्यका साथ काम थालिएको निर्माणमा खटिएका प्रकाश गुरुङले जानकारी दिए । असोज १२ गतेको बाढीले याहाँको पक्की पुल भत्काएपछि यातातात अवरुद्ध भएको हो ।
यातायात अबरुद्ध हुँदा फिदिम नगरपालिकाका ४ वटा वडासहित सिङ्गो फालेलुङ गाँउपालिका नराम्ररी प्रभावित भएको छ।