शुभकामना छ !
परेको छ दाउ शुभकामना छ
सबै स्रोतसाधनहरू सातु झैं छन्
बलि चढ्नलाई सबै मन्सिए छन्
मजाले चढाऊ शुभकामना छ !
दसैं शान्तिको गर्दिने कामना हो
‘स्टाटस्’ पठाऊ शुभकामना छ !
छ त्यो कुर्सीमा प्राण आई अडेको
लु कुर्सी बचाऊ शुभकामना छ !
यता नर्कवासी उता देवता छन्
भनें स्वर्ग जाऊ शुभकामना छ !