नेपाल एसबिआई बैंक लि. द्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग
काठमाडौं : नेपाल एसबिआई बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत हालै आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। उक्त सहयोग रकमको चेक सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीलाई नेपाल एसबिआई बैँकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री दीपक कुमार देले प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा हस्तान्तरन्तरण गरेका थिए।
सो कार्यक्रममा बैँकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत, श्री राजेश कुमार पंडा, प्रमूख संचालन अधिकृत, श्री यादवेन्द्र कान्त, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत, श्री विकास आनन्द, श्री रितेश अर्याल तथा नेपाल सरकारका उच्च तहका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ।