भातृसंगठन नेपाली जनप्रगतिशील मञ्चले गर्‍यो पीडित नेपालीलाई खाद्यान्न सहयोग

भातृसंगठन नेपाली जनप्रगतिशील मञ्चले गर्‍यो पीडित नेपालीलाई खाद्यान्न सहयोग
तस्बिर : अन्नपूर्ण

साउदी : वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया आएर विभिन्न कारणले समस्यामा परेका ४७ जना नेपालीलाई साउदीमा रहेको भातृसंगठन नेपाली जनप्रगतिशील मञ्चले  खाद्यान्न सहयोग  गरेको छ ।

संगठनका कार्यवहाक अध्यक्ष गंगा गोदारले ४७ जना पीडित रहेका नेपालीको अवस्था बुझेर उनीहरूलाई तत्काल राहतस्वरुप १५ दिनको लागि खाद्यान्न सहयोग गरेको बताए।  उनीहरूको उद्दारको लागि दुतावाससँग समन्वय गरी स्वदेश फिर्ताका लागि आह्वान गरे।

साउदीमा अलपत्र परेका पीडित नेपालीहरू  साउदी मार्बल एन्ड गिरनाइत कम्पनीमा विगत लामो समयदेखि काम गर्दै आउने क्रममा सम्बन्धित कम्पनीले अनेक किसिमका समस्या देखाउँदै १० महिनादेखि समयमा तलब नदिने गरेको कुरा एक पीडितले बताए। 

साथै कम्पनीले समयमा आईडी कार्ड (अकामा ) रिनुवल नगर्ने, तलब नदिनेलगायत अन्य सेवा सुविधाको व्यवस्था नदिने गरेको उनको भनाइ छ।

१८ महिना अघिदेखि सम्बन्धित कम्पनीले भनेको नसुनेपछि पीडितहरूले  कम्पनीमाथि  नै मुद्दा हालेका थिए ।  साउदी नियमअनुसार मुद्दा पनि जितेका थिए । मुद्दा जितेपनि अहिलेसम्म पाउनुपर्ने पारिश्रमिक रकम पाउन नसकेको पीडितले भने ।

साथै उनीहरूले आफ्नो समस्याबारे दुतावास रियादलाई जानकारी दिएको र दूतावासले पनि वकिलको भनाई अनुसार नै काम गर्दै आएको भएपनि  हालसम्म सुनुवाइ हुन नसकेको बताए। अहिले उनीहरुको मुद्दा तन्फिसमा पुगेको छ  जहाँ यस्ता केसहरू पुगेपछि  सम्बन्धित कम्पनीले श्रमिकको रकम दिनुपर्ने हुन्छ। पीडितहरूले आफ्नो मुद्दामा सुनुवाइ गरी स्वदेश फिर्ता गराइदिन दुतावासलाई आग्रह समेत गरेका छन् । 

४७ जना पीडितहरूलाई खाधान्न अभाव भएको श्रम कन्सुलर देबेन्द्र कार्कीले अध्यक्ष अमृत पौड्यलाई जानकारी दिए लगत्तै उनले एक महिना बराबरको सहयोग गरेका थिए।  पौडेलले समस्यामा परेकाहरूलाई सहयोग  गर्दै आएका छन्। 

अलपत्र परेका नेपाली कामदारको उद्दारका लागि दुतावासले सम्बन्धित कम्पनीमा सहकार्य गर्दै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.