दशैंमा खसी, बोका र च्याङ्ग्रा किन्दै हुनुहुन्छ ? हरियो सिङ भएका किन्नुहोस्

दशैंमा खसी, बोका र च्याङ्ग्रा किन्दै हुनुहुन्छ ? हरियो सिङ भएका किन्नुहोस्
फाइल तस्बिर।

काठमाडौं :  पशु सेवा विभागले दशैंमा स्वस्थ खसी-बोका, च्याङ्ग्रा हेरेर किन्न सुझाव दिएका छन्। विभागले दशैं लक्षित गरेर खसी बोका बिक्री भइरहेका स्थानमा पशु चिकित्सकको टोली खटाएर अनुगमन एवं परीक्षण गरिरहेको जनाएको छ।

स्वस्थ खसी बोकाको सिङमा हरियो रङ लगाइएको विभागले जनाएको छ। बिरामी खसी-बोका, च्याङ्ग्राको सिङमा रातो रङ लगाएको हुन्छ।

हरेक वर्ष दसैँमा काठमाडौँ उपत्यकामा ४५ हजार खसीबोका ल्याइने गरेको छ । यसैगरी मनाङ र मुस्ताङबाट भेडाच्याङ्ग्रा र ल्याइँदै छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि खसी, बोका र च्याङ्ग्रा बिक्री सुरु गरेको छ। कम्पनीको कार्यालय थापाथलीबाट खसी बोका तथा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी बिक्री सुरु गरिएको हो। 

कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण गरी १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँमा बिक्री गरिरहेको छ भने च्याङ्ग्राको मूल्य प्रतिकिलो यो वर्ष १२२० रुपैयाँमा तोकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सहायक विभागीय प्रबन्धक ज्ञानु थापाले जानकारी दिए।

यस वर्ष बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा रामेछाप, ओखलढुङ्गा, सिन्धुली, खोटाङ, उदयपुरबाट खसीबोका ल्याउन कठिन भएको छ । 

काठमाडौँ उपत्यकामा अहिले तराईका खसी जिउँदो प्रतिकिलो ७२० देखि ७५५ रुपैयाँ, पहाडका खसी ६७० देखि ७०५ रुपैयाँ,  बोका ६७० देखि ७२० रुपैयाँसम्म र च्याङ्ग्रा प्रतिकिलो १ हजार ३०० मा बिक्री भइरहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.