निःशुल्क आँखा शिविरमा करिब नौ सयले सेवा लिए

निःशुल्क आँखा शिविरमा करिब नौ सयले सेवा लिए

बेनी : म्याग्दीको मंगला गाउँपालिका-५ मा रहेको अर्मन स्वास्थ्य चौकीमा सम्पन्न निःशुल्क आँखा शिविरमा करिब नौ सय जना लाभान्वित भएका छन्। 

म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले हिमालयन आँखा अस्पताल पोखरा र नेपाल नेत्रज्योती संघ म्याग्दीको प्राविधिक सहयोगमा बुधबारदेखि शुक्रबारसम्म शिविरको आयोजना गरेको थियो। 

नेपाल नेत्रज्योती संघ म्याग्दीका अध्यक्ष अमर बानियाले शिविरमा आठ सय ७१ जनाको आँखाको परीक्षण र ४४ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको जानकारी दिए।

‘म्याग्दीका छ वटै स्थानीय तहका सर्वसाधारणले सेवा लिएका छन्,’ उनले भने ‘आर्थिक अभाव, भौगोलिक विकटता, पारिवारिक र सामाजिक समस्याले कष्टकर जीवन बिताइरहेका सर्वसाधारणलाई गाउँमै आँखा उपचार सम्बन्धी सेवा उपलब्ध गराउन शिविर आयोजना गरिएको हो।’

शिविर मार्फत गाउँ ठाउँमै आँखा परीक्षण, उपचार र मोतियाबिन्दुको शल्यक्रिया सम्बन्धी सुविधा पाएपछि सर्वसाधारणलाई पोखरा जाँदा, आउँदा हुने आर्थिक र समयको बचत भएको छ। आँखा परीक्षण, मोतियाबिन्दुको शल्यक्रियाको साथै परामर्श, निःशुल्क औषधी र चस्मा वितरण गरिएको थियो। 

हिमालय आँखा अस्पतालका नेत्र चिकित्सक डा. हरिमाया गुरुङ, नेत्र ज्योती संघ म्याग्दीका वरिष्ठ नेत्र सहायक दिनेश बानिया लगायत मंगला गाउँपालिकाका स्वास्थ्यकर्मीहरूले शिविरमा सेवा दिएका थिए। मंगला गाउँपालिका-४ की खगी बिकले गुमेको आँखाको ज्योती फर्किएकोमा खुसी व्यक्त गरिन्।  

रोजगारी, पेशा, व्यवसाय र अध्ययनको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरू आवद्ध मोना अन्तर्राष्ट्रिय कार्यसमितिको नवौँ वार्षिक साधारणसभाको अवसरमा शिविरको आयोजना गरिएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.