बाढीपहिरो पीडितका लागि ३ लाख संकलन

बाढीपहिरो पीडितका लागि ३ लाख संकलन

साउदी : साउदीमा बाढीपहिरो पीडितका लागि ३ लाख रुपैयाँ संकलन भएको छ। अविरल वर्षाका कारण काभ्रेको विभिन्न क्षेत्रमा आएको बाढीपहिरोका कारण प्रभावित बनेकाहरूलाई सहयोग गर्न रकम संकलन गरिएको हो। 

अन्तर्राष्ट्रिय काभ्रे सेवा समाजकी सचिव लिला हुमागाईंले राहत स्वरूप ३ लाख रुपैयाँ  संकलन गरेकी हुन्। बाढीपहिरोले देशका विभिन्न जिल्लामा क्षति गरेको भए तापनि काभ्रेमा धेरै नोक्सान भएको र आफू काभ्रेली बुहारी रहेकोले संकलन गरेको रकम काभ्रेमा नै हस्तान्तरण गर्ने बताइन्।

संकलन भएको रकमबाट काभ्रेका बाढीपहिरोबाट पीडितलाई आवश्यकता अनुसार सामग्री सहयोग गर्ने बताइन्। काभ्रेका विभिन्न क्षेत्रमा बाढी प्रभावित ठाउँमा भौतिक रूपमा उपस्थित भएर राहत वितरण गर्ने तयारी गरिरहेको बताइन्। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.