८५ परिवारलाई ग्यास चुल्हो

८५ परिवारलाई ग्यास चुल्हो

बारा : बाराको पचरौता नगरपालिका-५ बेलदारीमा ८५ परिवारलाई खाना पकाउने ग्यास सिलिण्डर र चुल्हो सेट वितरण गरिएको छ।

आइतबार गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा मेयर जलन्धर सिंहले ८५ परिवारलाई ग्यास सिलिण्डर र चुल्हो सेट वितरण गरेका हुन्।
 

चुनाव प्रचारका बेला आफू मेयरमा निर्वाचित भएपछि सिलिण्डर सहितको चुल्हो सेट वितरण गर्ने वाचाअनुसार वितरण गरिएको उनको भनाइ। अरू बाँकी परिवारहरूलाई पनि क्रमशः वितरण गरिने उनले जानकारी दिए।

दाउरा, गुइँठा जस्ता परम्परागत इन्धनमा आत्मनिर्भर ग्रामीण क्षेत्रका घर परिवारसम्म एलपीजी ग्यास जस्ता सफा खाना पकाउने इन्धनको पहुँच विस्तार गर्ने उद्देश्यले पनि यो कार्यक्रम ल्याइएको मेयर सिंहले बताए।

अघिल्लो पटक नगरपालिकाले ५ हजार ६ सय परिवारलाई ग्यास सिलिण्डर र चुल्हो सेट वितरण गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.