करेन्ट लागेर मृत्यु
बेनी : म्याग्दीमा आइतबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मंगला गाउँपालिका–४ बरंजा, आरकुटीका आरकुटीका ६५ वर्षीय राजेन्द्र राज विश्वकर्माको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
११ केभी क्षमताको प्रशारण लाइनको तार सर्ट भई पोलको सपोटिङ तारमा विद्युत प्रवाह भइरहेको अवस्थामा बाटोमा हिँडिरहेका राजेन्द्रले छुन पुग्दा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक सागर पौडेलले बताए।
प्रहरी निरीक्षक पौडेलको नेतृत्वमा घटनास्थलमा पुगेको प्रहरी टोलीले मृतक राजेन्द्रको शव परीक्षणका लागि बेनी अस्पतालमा ल्याएको छ।