कार र मोटरसाइकल ठोक्किएर दुर्घटना, नेपाल प्रहरीका जवानको मृत्यु

कार र मोटरसाइकल ठोक्किएर दुर्घटना, नेपाल प्रहरीका जवानको मृत्यु

विराटनगर : मोरङको बेलबारी नगरपालिका–८ चिसाङ पुलनजिक आइतबार साँझ दुर्घटना हुँदा नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ। कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको हो। उनी मोटरसाइकल चालक हुन्। 

मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार ठोक्किएर साँझ ६:४० बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा प्रहरी जवान राईको मृत्यु भएको उनले बताए। 

प्रहरीका अनुसार संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएका राई सुनसरीको अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत थिए। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो। 

अस्पताल ल्याइपुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्। शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ। घटनास्थलको प्रकृति हेर्दा विपरीत दिशाबाट आउँदै गरेको कारको लेनमा पुगेर मोटरसाइकल ठोक्किएजस्तो देखिने प्रहरीले जनाएको छ। यद्यपि, अनुसन्धान सुरु गरिएकाले अनुसन्धानपछि मात्रै वास्तविकता पत्ता लाग्ने डीएसपी जोशी बताउँछन्। 

दुर्घटनालगत्तै प्रहरीले कार र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा परेर दुवै सवारीसाधन क्षतिग्रस्त बनेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.