ठूलो परिणामको लागुऔषधसहित संखुवासभाका गुरुङ पक्राउ

ठूलो परिणामको लागुऔषधसहित संखुवासभाका गुरुङ पक्राउ

धरान : ठूलो परिणामको लागू औषधसहित धरान प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आइतबार बेलुका धरान उपमहानगरपालिका-९ बगैँचा चोकस्थित ललित राईको घरमा डेरा गरि बस्ने संखुवासभा धर्मदेवी नगरपालिका- ८  का ३१ वर्षीय भेडा भन्‍ने सुरज गुरुङलाई लागु औषधसहित पक्राउ परेका छन्। 

गुरुङले लागू औषधको कारोबार गर्ने गरेको भन्‍ने सूचना प्राप्त हुन साथ तत्काल इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक दिवश कुँवर नेतृत्वको प्रहरी टोली उनको कोठामा छापा मारी गुरुङलाई लागु औषधिसहित पक्राउ गरेको धरानका डीएसपी प्रकास जबेगुले बताए। 

गुरुङको डेरा कोठा खानतलासी गर्दा नीजको दुईवटा जेब्रा झोलामा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध ट्रमनिल ७ हजार ८ सय ६० क्याप्सुल स्पास्मो ८ हजार ४ सय ३० ट्याब्लेट  बरामद गरिएको डिएसपी जबेगुले बताए। उनले गुरुङविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइ घटनाको थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताए। 

धरानमा सुनसरी र मोरङका प्रहरी कार्यालयहरूले नेपाल भारत सीमा क्षेत्रमा सुरक्षामा कडाइ नगरेका कारण धरानमा लागू औषध भित्रिने गरेको स्थानियको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.