‘दशैं आयो’ले घन्क्यो ओहायोको कोलम्वस
अमेरिका : नेपालीहरूको महान चाड दशैंको रौनकले प्रवासी नेपाली समूदायले पुरै छोइसकेको छ । गोभिन घिमिरेको अगुवाईमा नेक्स जेन र ट्रनिटी डिस्टव्यूस्न एलएलसीले अमेरिकाको ओहायो राज्यस्थित कोलम्वसमा आयोजना गरेको दशैं लक्षित‘बडे मियां, छोटे मियां’ कार्यक्रममा भारतका चर्चित गायक उदिप नारायण, आदित्य नारायण, साना अरोरा, दिपा नारायण झासहित नेपाली गायक प्रविण दियालीले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए।
४ हजार भन्दा बढी दर्शक सहभागी रहेको उक्त कार्यक्रममा भारतीय गायकहरूले ‘दशैं आयो, कुसुमे रुमाललगायतका नेपाली लोकप्रिय गीत गाएका थिए । उनीहरुले हिन्दी चलचित्रका सर्वाधिक लोकप्रिय गीत गाउँदा माहोल पुरै रोमाञ्चित बन्यो ।
‘हामी जहाँ रहे पनि दशैं हाम्रो महान् पर्व हो’ गोभिन घिमिरेले भने, ‘दशैंलाई रोमाञ्चित बनाउन हामीले यो सांगीतिक कार्यक्रम आयोजना गरेका हौं ।’
कार्यक्रममा सहभागी गायक गायिकाहरूलाई ओहायो राज्यका लागि अवैतनिक वाणिज्यदुत डा.दामोदर पौडेल, ओहायोका गर्भनर माइक डिवाइन,कग्रेसम्यान माइक क्यारीले सम्मानपत्रसहित सम्मान गरेका थिए