सेखुवा-चखेवा भन्ज्याङ सडक मर्मतपछि सञ्‍चालनमा आयो

सेखुवा-चखेवा भन्ज्याङ सडक मर्मतपछि सञ्‍चालनमा आयो
बाढीले अवरुद्ध गरेको खोटाङको चखेवा भन्ज्याङ मुनिको सडक मर्मत गरिँदै । तस्बिर : अन्नपूर्ण

धरान : सुनकोशीको फोक्सिङटारमा पक्की पुल बाढीले बगाएपछि खोटाङवासीलाई तराईका जिल्ला झर्न अवरुद्ध बनेको सडक मर्मत भएसँगै सञ्चालनमा आएको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको चखेवा भञ्ज्याङ–सेखुवा सडक मर्मत गरिएपछि खोटाङवासीलाई भोजपुर र धनकुटाहुँदै तराई झर्न सहज भएको हो।

वर्षाका कारण हिलाम्मे हुँदा  सेखेवा-चखेवा भन्ज्याङ सडक समेत अवरुद्ध बनेको थियो । असोज १२ गतेको बाढीले सडक अवरुद्ध भएपछि खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई र जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयुक्त पहलमा सेखुवा-चखेवा भन्ज्याङ सडक खण्ड मर्मत गरी सञ्चालनमा आएको हो।

फोक्सिङटरको पुल बगेपछि खोटाङवासीलाई तराई झर्न समस्या भएको थियो। दशैं तिहारमा जिल्लाबासीलाई आवतजावतमा सहजका लागि सडक मर्मत गरिएको प्रतिनिधिसभा सदस्य राईले बताए । ६ वर्षअघि कालोपत्रे भइसक्नुपर्ने सडक निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभीको ढिलासुस्तीका कारण अलपत्र अवस्थामा छ । 

यो सडक मर्मत भएसँगै भोजपुरवासीलाई संघीय राजधानी  काठमाडौं र खोटाङवासीलाई धरान, इटहरी,विराटनगरलगायतका तराईका जिल्ला आउनजान सहज भएको एमाले खोटाङका निवर्तमान अध्यक्ष रामप्रसाद दङ्गालले बताए ।

null

सडक मर्मत गर्न साकेला गाउँपालिका, सडक विभाग र मध्यपहाडी राजमार्ग आयोजनाको एक–एकवटा जेसिभि प्रयोग गरिएको थियो । खाल्डाखुल्डीमा हाल्ने ढुंगा रोडा ओसार्नका लागि मध्यपहाडी, व्यवसायी सुदिप ढकाल, युवराज रिजाल र भैरव बस्नेतले नि:शुल्क टिफर दिएका थिए । 

बाँझेच्यानडाँडामा मध्यपहाडीको तीनडाँडादेखि संसारेडाँडा निस्कने छोटो बाटो समेत मर्मत गरिएको छ । सडक मर्मतका क्रममा प्रतिनिधिसभा सदस्य राई ‘पासाङ’, जिल्ला समन्वय समिति प्रमुख राई, उप–प्रमुख सुरेश तामाङ, साकेला गाउँपालिकाका उपाध्यक्ष बिर्सिका राई, एमाले नेता रामप्रसाद दंगाल, वडाध्यक्ष हेमन राईलगायत खटिएका थिए  । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की नेतृत्वको सुरक्षा प्रमुखहरूसहित बाटो मर्मतमा लागि परेको खोटाङ का पत्रकार दमन राइले बताए । 
सडक मर्मतका लागि अभियानमा डिभिजन वन कार्यालय, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, स्वास्थ्य कार्यालय र हलेसी आयल ट्रेड एण्ड सप्लायर्सले ६०० लिटर इन्धन उपलब्ध गराएको थियो । यस्तै, जिल्ला अस्पताल र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खाजा खर्च  तथा स्थानीयवासीन्दाले खाना, खाजा खुवाएर श्रमदान गरेका थिए । 

भारत कन्स्ट्रक्सन-मैनाचुली-सिद्धिशाहीले २०७५ फागुन ३० गते सम्ममा सम्पन्न गर्ने गरि २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो । तर, म्याद नाघेको ५ वर्ष वित्दा समेत कालोपत्रे नभएपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय सित्खा रामेछापले २०८१ जेठ १४ गते ठेक्का सम्झौता खारेज गरेपछि निर्माण कम्पनीले  तोडिसकेपछि अदालतले ‘स्टे अर्डर’ दिए पनि निर्माण व्यवसायीले हालसम्म सडक निर्माणको काम अगाडि बढाउन सकेको छैन । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.