दैवी प्रकोप उद्धार कोषमा स्वदेशी-विदेशी जलविद्युत् कम्पनी र वित्तीय संस्थाको सहयोग

दैवी प्रकोप उद्धार कोषमा स्वदेशी-विदेशी जलविद्युत् कम्पनी र वित्तीय संस्थाको सहयोग

काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी र वित्तीय संस्थाहरुले सहयोग गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको सबैभन्दा ठूलो जलविद्युत कम्पनी राष्ट्रिय हाइड्रोपावर कर्पोरेसन (एनएचपिसी) लिमिटेडका वित्त निर्देशक आरपी गोयलबाट रु १ करोड, अरुण तेस्रो जलविद्युत आयोजना लिमिटेडका प्रमुख कार्यकारी निर्देशक प्रशान्त शर्माबाट रु १ करोड, प्रभु बैँकका अध्यक्ष देवीप्रसाद भट्टचनबाट रु १ करोड र प्राइम कमर्सियल बैँकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठबाट रु ३१ लाखको चेक हस्तान्तरण भएको हो । 

यसैगरी प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लबाट रु २५ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अध्यक्ष शिक्षा भट्टचनबाट रु २५ लाख र प्रभु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माबाट रु २५ लाखको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ । 

प्रधानमन्त्री ओलीले हालैको बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहतका लागि कोषमा सहयोग गर्नेलाई धन्यवाद दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.