रंगेलीमा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु, दुईजना घाइते

रंगेलीमा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु, दुईजना घाइते
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर  : मोरङको रंगेलीमा सोमबार दिउँसो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार रंगेली नगरपालिका–१ स्थित भित्री सडक खण्डमा प्रदेश १–०४–००१ त १००४ नम्बरको ट्याक्टरले को ६ प ६५४६ नम्बरको मोटरसाइकललाई दिउँसो १२:३० बजेतिर ठक्कर दिएको हो । 

ट्याक्टरले ठक्कर दिएपछि अनियन्त्रित बनेको मोटरसाइकलले पैदलयात्री धनपालथान गाउँपालिका–६ का ४५ वर्षीय सिटुरु ऋषिदेवलाई ठक्कर दिएको थियो । ठक्करबाट उनी गम्भीर घाइते भएका छन् । दुर्घटनामा ऋषिदेवसहित मोटरसाइकल चालक धनपालथान–१ का ४५ वर्षीय रामबहादुर माझी थारु र पछाडि सवार उनकै पत्नी अन्दाजी ३६ वर्षीया मंगली चौधरी घाइते भएका थिए । 

मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले घाइतेमध्ये गम्भीर अवस्थाका माझीको उपचारका क्रममा विराटनगरको गोल्डेन अस्पतालमा मृत्यु भएको जानकारी दिए । उनका अनुसार ऋषिदेवको अवस्था गम्भीर र चौधरीको सामान्य छ । 

दुवैजनाको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर र चालक धनपालथान–४ का २० वर्षीय रविन मण्डललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.