सावित्री कञ्चनजंगा अगरबत्तीद्वारा सुपथ मूल्य पसल सञ्चालन

सावित्री कञ्चनजंगा अगरबत्तीद्वारा सुपथ मूल्य पसल सञ्चालन

काठमाडौं : सावित्री कञ्चनजंगा अगरबत्ती उद्योगले बडादशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै सहुलियत दरका सुपथ मूल्य पसल सञ्चालन गरेको छ। कम्पनीले कालीमाटीसहित काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो।

पहिलेको तुलनामा यी पसलबाट सावित्री कञ्चनजंगाका ब्रान्डका सामानहरू खरिद गर्दा विशेष छुट पाइने कम्पनीका जनरल म्यानेजर पुष्कर केसीले जानकारी दिए। कञ्चनजंगाको यी सुपथ मूल्यका पसलहरू छठसम्म सञ्चालनमा हुनेछन्।

कम्पनीले आफ्ना ग्राहकहरूको सहजताको लागि उक्त पसल सञ्चालनमा ल्याएको हो। साल्ट ट्रेडिङले चाडपर्व लक्षित सञ्चालन ल्याएको उपत्यकाभित्रका अधिकांश सहुलियत पसलमासमेत सावित्रीका ब्रान्ड उपलब्ध रहेको केसीले बताए।

केसीका अनुसार उक्त पसलबाट अगरबत्ती खरिद गर्दा धेरै हदसम्म मूल्यमा छुट हुनेछ। कम्पनीले दशैं लक्षित उपत्यकाकामा बर्सेनि सहुलियत पसल सञ्चालन गर्दै आएका छ। यद्यपि आगामी दिनमा भने उपत्यकाका बाहिर पनि यस्तो पसलको सञ्चालन गर्ने केसीको भनाइ छ।

हाल उक्त कम्पनीले करिव १०० वटा सुगन्धित अगरबत्ती प्रडक्ट उत्पादन गर्दै आएको छ। पूर्वदेखि पश्चिम नेपालसम्म, हिमालदेखि तराईसम्म उपलब्ध यस सुगन्धित अगरबत्ती छोटो समयमै नेपालकै अग्रणी अगरबत्ती ब्रान्डको रूपमा स्थापित छ।

नेपालमा नम्बर वान सावित्री कञ्चनजंगा अगरबत्ती गुणस्तरीय हुनुका साथै आम उपभोक्ताबीच निकै लोकप्रिय छ। यस्तै, उक्त ब्रान्डका अगरबत्तीहरू नेपालबाहेक चीन, भारत, जापान, हङकङ, थाइल्याण्ड र भियतनाम लगायतका देशमा पनि निर्यात हुँदै आएका केसीले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.