७ हजारमा काठमाडौं-भैरहवा उडान गर्दै नेपाल वायुसेवा निगमको ठूलो जहाज

७ हजारमा काठमाडौं-भैरहवा उडान गर्दै नेपाल वायुसेवा निगमको ठूलो जहाज

काठमाडौं : नेपाल वायुसेवा निगमको ए३२० जहाजले भैरहवाका लागि उडान गर्ने भएको छ। बाढी पहिरोले काठमाडौं उपत्यका बाहिर जाने यात्रुहरूलाई प्रभावित बनाएपछि निगमको न्यारोबडी जहाजले आन्तरिक उडान गर्ने भएको हो।

निगमका प्रवक्ता रमेश पौडेलले फूलपातीका दिन उक्त जहाजले भैरहवा उडानका लागि अनुमति पाएको बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको निर्देशनपछि निगमले आन्तरिक उडाउन गर्न तयार भएको हो।

प्रवक्ता पौडेलेका अनुसार उक्त जहाजले फूलपातीका दिन बिहीबार विहान ११ बजे भैरहवा उडान गर्नेछ। सोही दिन १२:३० बजे भैरहवाबाट काठमाडौं उडान गर्ने निगमले जनाएको छ।

निगमले टिकटको मूल्य पनि सार्वजनिक गरेको छ। प्रवक्ता पौडेलेका अनुसार काठमाडौं-भैरहवा उडानका लागि प्रतिव्यक्ति ७ हजार रुपैयाँ र भैरहवा-काठमाडौं उडानका लागि ३ हजार ८९० रुपैयाँ भाडा तोकिएको छ। दुवै तर्फको टिकट निगमको वेवसाइटमा उपलब्ध रहेको प्रवक्ता पौडेलले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.