ज्येष्ठ नागरिकसँग पालिका अध्यक्ष

ज्येष्ठ नागरिकसँग पालिका अध्यक्ष

नुवाकोट : नुवाकोटको तारकेश्वर गाउँपालिकामा ज्येष्ठ नागरिकसँग पालिका अध्यक्ष कार्यक्रम सञ्चालन गरिएको छ। 

सोही अवसरमा गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिकहरूले प्रत्यक्षरुपमा स्वास्थ्य, सामाजिक समस्या र समाधानका विषयमा अन्र्तक्रियासमेत गरेका हुन्। कार्यक्रम अन्तर्गत तारकेश्वरका सबै ६ वटै वडामा ज्येष्ठ नागरिकहरूले सामाजिक सुरक्षा भत्तावापतको रकम प्राप्त गरेका छन्। 

वडा वडामै जेठ नागरिकहरूको स्वास्थ्य परीक्षणसमेत गरिएको छ। ज्येष्ठ नागरिकहरूले घरदैलौमै स्वास्थ्य सेवा र सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका हुन्। तारकेश्वर गाउँपालिकाले सबै ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) वितरण सम्पन्न गरेको हो। तारकेश्वर गाउँपालिकाले दुई हजार चारसय ८२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। 

एकहजार आठसय दुई जना वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गरिएको छ। तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीलले चाडपर्वलाई ध्यानमा राख्दै वृद्ध भत्ता वितरण र गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम गरिएको बताए। यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए। सो कार्यक्रम गाउँमा चार दिनसम्म गरिएको थियो। 

अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत तारकेश्वर गाउँपालिकाले प्रत्येक ३/३ महिनामा वडा/वडामा कार्यक्रम गरी सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गर्दै आएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष अधिकारीले ज्येष्ठ नागरिकहरूको अवस्था, समस्या समाधानका कार्य र उनीहरूको आवश्यकताका सम्बन्धमा घरपरिवारले पनि दायित्व भुल्न नहुने बताए।
 
उनले यस कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने बताए। सो अवसरमा उनले नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न ज्येष्ठ नागरिकहरूलाई सुझाव दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.