सिन्धुलीमा बाढीपहिरो पीडितलाई राहत वितरण

सिन्धुलीमा बाढीपहिरो पीडितलाई राहत वितरण

सिन्धुली : सिन्धुलीमा लगातार आएको बाढी र पहिरोका कारण मृत्यु भएका परिवारलाई नगद राहत वितरण गरिएको छ। शुक्रबार जिल्ला विपद् व्यवस्थापन समितिले दुई जना मृतकका परिवारलाई दुई–दुई लाख रुपैयाँ नगद राहत प्रदान गरेको हो।

सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा नगद दुई दुई लाख रुपैयाँ राहत प्रदान गरेका हुन्।

प्रहरी प्रमुख काफ्लेका अनुसार एक साता अघि आएको बाढी र पहिरोका कारण सिन्धुलीमा दुई जनाको ज्यान गएको थियो। कमलामाई नगरपालिका ९ भिमानमा स्थित सुके खोलाको बाढीले बगाउँदा ४६ वर्षीय कृष्ण बहादुर बोगटीको मृत्यु भएको थियो।

यस्तै घरमाथिबाट पहिरो आएपछि भाग्ने क्रममा सुनकोशी गाउँपालिका-१ का १२ वर्षको बालकको मृत्यु भएको थियो। मृतकका आफन्तलाई नगद राहत प्रदान गरिएको हो।

यसैबिच सिन्धुलीको बाढी प्रभावित चारवटा गाउँपालिकाले बाढी र पहिरो प्रभावितहरूलाई राहत वितरण गरिरहेको छ। जिल्लाको सुनकोसी, गोलन्जोर, फिक्कल र हरिहरपुगढी गाउँपालिकाले आन्तरिक तथा विभिन्न निकायबाट प्राप्त राहत सामग्रीहरू पीडितहरूलाई वितरण गरेका हुन्।

यसैबीच नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशमा आवद्ध व्यवसायीहरुको टोलीले सिन्धुलीका गोलञ्जोर र सुनकोशी गाउँपालिकाका १५० परिवारलाई राहत वितरण गरे।

महासंघका अध्यक्ष हिरालाल गौतम नेतृत्वको टोलीले खुर्कोट र मुलकोटमा स्थानीय जनप्रतिनिधि र नागरिक समाजको रोहवरमा पीडित परिवारलाई राहत वितरण गरेको थियो।

राहतमा २५ किलोग्राम चामल, ओढ्ने कम्बल (ब्ल्याङ्केट) एक थान, दाल चार किलोग्राम, मस्यौरा ४०० ग्राम, नुन दुई पोका, खाने तेल एक लिटर र चिउरासहितका सामग्री पीडित परिवारहरूलाई वितरण गरिएको महासंघका कोषाध्यक्ष दानबहादुर थापाले जानकारी दिए।

दुःख र आपद्का बेला भावनात्मक साथका लागि आफूहरू पहाडबासीको पीडामा मलहम पट्टी गर्न पुगेको अध्यक्ष गौतमले बताए। सिन्धुलीका बाढी पीडितको सहयोगार्थ यसअघि बर्दिबास उद्योग वाणिज्य संघले सिन्धुली उद्योग वाणिज्य संघलाई  ५१ हजार नगद उपलब्ध गराइसकेको छ। सो रकम बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्काले सिन्धुली उद्योग वाणिज्य संघका  अध्यक्ष अर्जुन श्रेष्ठलाई बाढीपीडतलाई राहत पुर्‍याइ दिन भन्दै हस्तान्तरण गरेका थिए।

आजै सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबास (महोत्तरी) ले फूलपाती अगावै सिन्धुलीका बाढी पीडितका लागि राहत पुर्‍याउन तयारी गरिएको जनाएको छ। यो राहत सामग्रीमा खाद्यान्न र दैनिक उपभोग्य बस्तु रहने मञ्चका अध्यक्ष नागदेव यादवले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.